विराटनगर । पाकिस्तानका राष्ट्रपति डा. आरिफ अल्वीले प्रधानमन्त्री इमरान खानको सिफारिसमा आइतबार राष्ट्रियसभा भंग गरेका छन् । राष्ट्रपति अल्वीले संविधानको धारा ५८ अनुसार संसद् भंग गरेका हुन् ।
संसद् भंगसँगै अब ९० दिनभित्र आम निर्वाचन गर्नुपर्ने प्राबधान रहेको छ । आम निर्वाचन सकिएको त्यसको १४ दिन नकट्ने गरी निर्वाचनको अन्तिम नतिजा घोषणा गर्नुपर्ने ब्यवस्था रहेको छ ।
यसअघि, आइतबार नै राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री इमरानले संसद् विघटन गरी निर्वाचन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए । बिकसित राजनीति क्रम अनुसार त्यसअघि, राष्ट्रियसभाका उपसभामुखले प्रधानमन्त्री इमरानविरुद्धको अविश्वासको प्रस्ताव संविधानको धारा ५ विपरीत भएको भन्दै खारेज गरिदिएका थिए । एजेन्सीको सहयोगमा