बेलवारीमा विश्वप्रकाशको गर्जन, हरियो मतपत्र छाप्ता ओली आत्तिए

Logo
आइतबार, चैत्र २०, २०७८

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निर्वाचन आयोगले हरियो मतपत्र छाप्दा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आत्तिएको बताएका छन् ।
मोरङको बेलबारीमा आईतबार नेपाली कांग्रेस बेलबारीले आयोजना गरेको स्थानीय तहको निर्बाचनमा कांग्रेसको भुमिका बिषयक खुल्ला सभाामा बोल्दै महामन्त्री शर्माले मतपत्रको हरियो रंग देख्दा ओली तर्सिएको आरोप लगाए । उनले निर्वाचन लोकतान्त्रिक अभ्यास भएकाले कोही तर्सिनुपर्ने अबश्यकता नरहेको प्रष्ट पारे ।
बृहत खुल्ला सभामा शर्माले भने, ‘आयोगले कहिले रातो, कहिले निलो र कहिले हरियो मतपत्र छाप्छ, संयोगबस् यसपटक हरियो छापियो त्यसमा आत्तिनुपर्ने के छ ।’ उनले मतपत्रमा रंगको भन्दा ढंगको कुरा गर्नुपर्ने बताए । शर्माले यसपटक तिनै तहको निर्वाचनमा कांग्रेसले बहुमत ल्याउने बताए ।
महामन्त्री शर्माले कांग्रेसमा शेरबहादुर देउवाजस्ता पाका र परिपक्क नेता तथा गगन थापा र विश्वप्रकाश शर्माजस्ता युवा नेतृत्वको संयोजन भएकोले पार्टी सबैको आर्कषण रहेको उल्लेख गरे । उनले सबै पक्षको मुद्धा समेटन सक्ने पार्टी कांग्रेस भएकाले कांग्रेसले अबको १५ बर्षमा समुन्नत देश बनाउने सपनाका साथ अघि बढेको समेत बताए ।
उनले आगामी निर्वाचनमा सबैलाई उत्साहपूर्ण तवरले भाग लिन आग्रह गर्दै निर्वाचनलाई राजनीतिक दलले भन्दा पनि जनताले उपयोग गर्नुपर्ने धारणा राखे ।

 

तपाईको प्रतिक्रिया
हाम्रो बारे

लार्ज मिडिया प्रा. लि.
विराटपथ न्यूज पोर्टल कोसी प्रदेशको मुकाम विराटनगरबाट सञ्चालित छ।  सूचना तथा प्रसारण विभाग दर्ता नं 2878/ 2078-079

टिमहरु

अध्यक्ष  : सुष्मा श्रेष्ठ
प्रधान सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल

सम्पर्क

विराटनगर महानगरपालिका – ९
शान्तिचोक
9851052811/9804005000
[email protected]