नेपालको क्रिकेट टिम अहिले उत्कृष्ट छ : पुबुदु दसानायके

Logo
आइतबार, चैत्र २०, २०७८

विराटनगर । नेपाली क्रिकेटका मुख्य प्रशिक्षक पुबुदु दसानायकेले नेपालको क्रिकेट टिम अहिले उत्कृष्ट रहेको बताएका छन् । आफु युवा खेलाडीको खेलबाट आफू प्रभावित भएको बताउँदै उनले खुसी रहेको उल्लेख गरेका छन् ।
सोमबार पपुवा न्यूगिनी (पीएनजी) सँग हुने फाइनल खेलअघि आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक पुबुदुले भने, ‘युवा खेलाडीको खेल देखेर खुसी छु नेपालको अहिले बेस्ट टिम छ ।’ सो पत्रकार सम्मेलनमा नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले पीएनजीसँग हुने टी–२० त्रिदेशीय क्रिकेट सिरिजको फाइनल खेल दबाव विना खेल्ने बताए । लामिछानेले सिरिजका अरु खेलमा जस्तै खेल्ने बताउँदै खेलमा कुनै प्रेसर नलिने समेत उल्लेख गरे । उनले सिरिजका क्रममा घाइते भएका कमल सिंह ऐरीको अभाव भने महसुस हुने बताए ।
पीएनजीका कप्तान अस्वत भालाले फाइनल खेललाई लिएर केही दबाव महसुस भएको बताए

 

तपाईको प्रतिक्रिया
हाम्रो बारे

लार्ज मिडिया प्रा. लि.
विराटपथ न्यूज पोर्टल कोसी प्रदेशको मुकाम विराटनगरबाट सञ्चालित छ।  सूचना तथा प्रसारण विभाग दर्ता नं 2878/ 2078-079

टिमहरु

अध्यक्ष  : सुष्मा श्रेष्ठ
प्रधान सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल

सम्पर्क

विराटनगर महानगरपालिका – ९
शान्तिचोक
9851052811/9804005000
[email protected]