प्रदेश १ मा ८०४ कोरोना संक्रमित थपिए, ६ जनाको मृत्यु

Logo
शनिबार, साउन १६, २०७८

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८०४ जनामा कोरोना संक्रमण भएको छ । १ हजार २६ जनाको पीसीआर परीक्षण गर्दा २९९ र १ हजार ४४५ जनाको एन्टिजेन परीक्षण गर्दा ५०५ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टाको अवधिमा कोरोना संक्रमणका कारण ६ जनाको मृत्यु भएको छ । जस मध्ये २ महिला र ४ पुरुष रहेका छन् ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा सुनसरीमा १०५, मोरङमा १०४, झापामा ६९, धनकुटामा ९, उदयपुरमा ३, इलाममा २, पाँचथर, ते¥हथुम र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको छ ।
सुनसरीको धरानमा ८३, इटहरीमा १३, बराहक्षेत्रमा २, रामधुनी र इनरुवामा १–१ र स्थानीय तह नखुलेका ५, मोरङको विराटनगरमा ४३, लेटाङमा ३६, करोबारीमा १७, बेलबारीमा ४, उर्लाबारीमा २, कानेपोखरी र स्थानीय तह नखुलेका १–१, झापाको दमकमा ३३, भद्रपुरमा १७, मेचीनगरमा ६, विर्तामोडमा ४, बुद्धशान्ति, गौरादह र कमल गाउँपालिकामा २–२, बाह्रदशी, शिवसताक्षी र स्थानीय तह नखुलेका १–१, धनकुटाको धनकुटामा ५, पाख्रिवासमा ३, स्थानीय तह नखुलेका १, उदयपुरको चौदण्डीगढी, बेलका र स्थानीय तह नखुलेका १–१, इलामको चुलाचुलीमा २, पाँचथरको फिदिम, तेह्रथुमको मेन्छेयायम र संखुवासभाको खाँदबारीमा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

लार्ज मिडिया प्रा. लि.
विराटपथ न्यूज पोर्टल कोसी प्रदेशको मुकाम विराटनगरबाट सञ्चालित छ।  सूचना तथा प्रसारण विभाग दर्ता नं 2878/ 2078-079

टिमहरु

अध्यक्ष  : सुष्मा श्रेष्ठ
प्रधान सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल

सम्पर्क

विराटनगर महानगरपालिका – ९
शान्तिचोक
9851052811/9804005000
[email protected]