News flash

विराटपथ

शनिबार, आषाढ २६, २०७८

विराटनगर । शुक्रबार राती विराटनगर महानगरपालिका – ५ पृथ्वीचौकमा आफ्नै भाईले दाजुको खुकुरी प्रहार गरी बिभत्स तवरले हत्या गरेका छन् । विराटनगर – ५ निवासी भोलासिंह यादवको उनकै सहोदर भाई साजनसिंह यादवले हत्या गरेको प्रहरीले जनाएको छ ।
मृतक भोलासिंह राष्ट्रिय अनुसन्धान विभाग भोजपुरमा कार्यरत थिए । असई पदका उनी केही दिन मात्र विदा लिएर घर आएका थिए । हत्या आरोपी साजनसिंह लागुऔषधको प्रयोगकर्ता भएको बताइएको छ । उनीहरु बीचमा लागुऔषधको प्रयोग कै बिषयलाई लिएर पटक पटक विवाद हुँदै आएको छिमेकीले बताएका छन् । ‘भाई दिनहुँ लागुऔषध प्रयोग गर्ने, त्यस नगर्न सम्झाउँदा उनीहरुबीचमा पहिले पनि विवाद भएको थियो ।’ स्थानीय राम नेपालले विराटपथलाई भने ।
अभियुक्त साजनसिंहले विवादका क्रममा शुक्रबार राती खुकुरी निकालेर दाजुमाथि आक्रमण गरेका थिए । सो क्रममा उनले दाजु भोलासिंहलाई खुकुरीले गर्धनमा प्रहार गरेका थिए । दाजुलाई आक्रमण गरेका हत्या गरेपछि उनी घरको माथिल्लो तल्लामा गएर सुतेका थिए । मृतकका बुवाले प्रहरीलाई खबर गरेपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट गएको प्रहरीको टोलीले अभियुक्त साजनसिंहलाई घरबाट नै पक्राउ गरेको छ ।
घटनाका बिषयमा अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल