News flash

विराटपथ

बुधबार, चैत्र ०५, २०७६

विराटनगर । पूर्वका उद्यमी ब्यवसायीहरुले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई बुधवार ज्ञापन पत्र बुझाएका छन् । मोरङ ब्यापार संघको एक प्रतिनिधि मण्डलले भेट गर्दै नेपाल बिद्युत प्राधिकरणले हालै रधुपति जुट मिल र रिलायन्स स्पिनिङ मिलको बिद्युत लाइक काटिएकोमा आपत्ति जनाएका हुन ।
ब्यापार संघले जारी गरेको बिज्ञप्तिमा मुख्यमन्त्री राईसँगको भेटमा वर्तमान परिवेशमा नीजि क्षेत्रका औद्योगिक–व्यवसायिक क्षेत्रले भोगिरहेका समस्याहरु बारेमा अवगत गराइएको जनाएको छ । प्राधिकरणले दुबै उद्योगमा बाँकी बक्यौता असुल गर्न पटक पटक ताकेता गरेपनि महसुल तिर्न अटेर गरेपछि लाइन काटेको जनाएको थियो ।
संघका अध्यक्ष प्रकाश मुन्दडाको नेतृत्वमा गएको उद्योगी–व्यवसायीहरुको टोलीले विश्वव्यापी महामारी कोरोनाका कारण मोरङ–सुनसरी कोरिडोरका औद्योगिक –व्यवसायिक क्षेत्रमा असर परेको जनाएका थिए । उनले यस्तो त्रासपूर्ण वातावरणमा रघुपति जुट मिल र रिलायन्स स्पिनिङ मिल बिद्युत कटौती कार्यले उद्योग क्षेत्र धरासायी हुने बताएका थिए ।
प्रतिनिधि मण्डलले मुलुकका दुई ठूला खुल्ला नाकाहरु विराटनगर र काँकडभिट्टाबाट हजारौँ मानिसहरुको आवत–जावत हुने हुँदा संक्रमणको जोखिम उच्च हुन सक्ने भएकाागि प्रभावकारी कदम चाल्न सुझाएका थिए । अध्यक्ष मुन्दडाले बजारमा हाल अत्यावश्यक वस्तु बाहेक अन्य औद्योगिक वस्तुहरु विक्री वितरणमा कमि आएकोले त्यसले उद्योग व्यवसायमा दिर्घकालिन असर पर्ने कुराप्रति सचेत रहन आग्रह गरेका थिए ।
प्रतिनिधि मण्डलले विद्युत महशुल बृद्धि गर्ने प्रस्ताव न्यायिक नरहेको बताउँदै बैंक व्याजदर, आयकर लगायतमा उचित सहुलियत दिनुपर्ने बताएको थियो । सो प्रतिनिधि मण्डलमा संघका पूर्व अध्यक्ष महेश जाज, निर्वतमान अध्यक्ष पवन कुमार सारडाज्यू, उपाध्यक्षहरु विकाश कुमार बेगवानीज्यू, अनुपम राठी लगायत उद्योगी–व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल