विराटनगर । सुनसरीको कोशी गाँउपालिका – ८ नङ्खुटोलमा आइतबार विहान भएको सवारी दुर्घटनमा परि ३ जनाको मृत्यु भएको छ । सो दुर्घटनाबाट २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
पूर्व पश्चिम राजमार्ग अन्तरग कोशी गाँउपालिका – ८ नङ्खुटोलमा विपरित दिशाबाट आएको हायसले पिकअप र मोटरसाइकललाई ठक्कर दिएको थियो । आइतबार विहान पौने ८ बजे पूर्बबाट पश्चिम तर्फ जादै गरेको बा ३ ख ७२२४ नम्बरको हायस गाडीले बिपरित दिशाबाट आउदै गरेको स ६ प ४६६१ नम्बरको मोटरसाईकल र को १ च ९३६८ नम्बरको पिकअप गाडीलाई ठक्कर दिएको थियो ।
सो दुर्घटनाबाट गम्भीर घाईते भएका मोटरसाईकल चालक सप्तरी डाक्नेश्वरी – ५ का २८ बर्षीय उदय साह, मोटरसाईकल पछाडी सवार मोरङ बिराटनगर – ९ का ४५ बर्षीय रामप्रसाद साहको जिल्ला अस्पताल इनरुवामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि पिकअप चालक बिराटनगर – ७ का ४० बर्षीय अक्षय कुमार गुप्ताको जिल्ला अस्पताल मै उपचारको क्रममा मृत्यु भएको छ ।
सो दुर्घटनामा हायस चालक नुवाकोट बिदुर नगरपालिका – १३ का ३५ बर्षीय बिवश तामाङ र हायसका सहचालक सोही स्थान ११ का २५ बर्षीय नारायण बत्सयाल समेत घाइते भएका छन् । घाइते दुबैको विराटनगरको विराट नर्सिङ होममा उपचार भईरहेको छ । दुर्घटना भएका तिन वटै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको छ ।