News flash

विराटपथ

आइतबार, आषाढ १३, २०७८

विराटनगर । मोरङ र खोटाङमा जिल्लाको भिन्न स्थानमा छोराले आफ्ना बृद्ध बुवाको हत्या गरेका छन् । मोरङको सुनवर्षीमा र खोटाङको रुपाकोट मझुवागढीमा छोराले बृद्ध बुवाको हत्या गरेको प्रहरीले जनाएको छ ।
मोरङको सुनवर्षी नरपालिका–४ का ४० वर्षीय दयालु ताजपुरियाले ढुङ्गाले प्रहार गरेर आफ्नै बाबु ६८ वर्षीय टिनताल ताजपुरियाको हत्या गरेको मोरङ प्रहरीले जनाएको छ । मादक पदार्थ सेवन गरेका दयालुले मापसे गरेको विषयलाई लिएर भएको सामान्य घरसायी विवादमा शनिबार बिहान ६ बजेतिर सुतिरहेकै ओछ्यानमा पुगेर वृद्ध बुवालाई ढुङ्गाले हानेका थिए । ढुङ्गा प्रहार गरेपछि गम्भीर घाइते भएका टिनताललाई उपचारका लागि विराटनगरको कोसी अस्पताल ल्याएपनि कोसीले उपचार सम्भव नहुने भन्दै सुविधा सम्पन्न अस्पतालमा रेफर गरिदिएको थियो । उनको अबस्गा गम्भीर भएपनि उनलाई लगेर घरमै लगिएको थियो ।
घाइते टिनतालको आइतबार बिहान मृत्यु भएको हो । बाबुको हत्यामा संलग्न रहेको आरोपमा दयालुलाई इलाका प्रहरी कार्यालय रंगेलीले नियन्त्रणमा लिएको छ ।
यसैगरि खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका २ सोल्माका २८ बर्षीय सुबर्ण राईले आफ्नै बुबाको हत्या गरेका छन् । आइतबार बिहान पौने ५ बजे उनले ७२ बर्षीय चन्द्र बहादुर राईलाई गर्धनमा खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
सामान्य घरायसी विवादमा सुबर्णले बुवालाई खुकुरी प्रहार गरेका थिए । जिल्ला प्रहरी कार्यालय खोटाङले अभियुक्त सुबर्णलाई सोही वडाको अल्छेढुंगाबाट पक्राउ गरेको जनाएको छ । घटना सम्बन्धना थप अनुसन्धान भईरहेको प्रहरीको भनाई रहेको छ ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल