गजल

Logo
आँशु ढकाल मंगलबार, जेठ २५, २०७८

फोनै – फोनमा कुरा गरि सताई यौटीले
हेल्लो हाई के छ भनि फकाई यौटीले ।

कलीयुगमा प्रेम गर्ने अनौठो तरिका छ
बोल्दा खेरि विना शब्द लजाई यौटीले ।

मिसकल दिन्छे घरिघरि यसरी नै मलाई
राति राति अबेर सम्म उठाई यौटीले ।

भरे साँझ भेट्न आउछु चौतारीमा भनि
घन्टौ कुरे, आउँदै आइन फसाँई यौटीले ।

बिहे गर्ने उमेरमा प्रेम गर्ने रहर भाकी
मेरो दिल पहिलो चोटी जलाई यौटीले ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

लार्ज मिडिया प्रा. लि.
विराटपथ न्यूज पोर्टल कोसी प्रदेशको मुकाम विराटनगरबाट सञ्चालित छ।  सूचना तथा प्रसारण विभाग दर्ता नं 2878/ 2078-079

टिमहरु

अध्यक्ष  : सुष्मा श्रेष्ठ
प्रधान सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल

सम्पर्क

विराटनगर महानगरपालिका – ९
शान्तिचोक
9851052811/9804005000
[email protected]