विराटनगर । पुराना कम्युन्ष्टि नेता लव प्रधानलाई पत्नी शोक परेको छ । लामो समय कम्युनिष्ट आन्दोलनमा सक्रिय बयोबृद्ध नेता प्रधानको धर्मपत्नी कृष्णाकुमारी प्रधानको ८३ बर्षको उमेरमा निधन भएको छ ।
चुलाचुली आर्टसँग सम्बद्ध नेता प्रधान लामो समयदेखि बाम आन्दोलनमा सक्रिय हुन । पुरानो सुगर र प्रेसरको रोगी कृष्णाकुमारीको उपचारको क्रममा नोबेल अस्पतालमा सोमबार निधन भएको हो । मृतक प्रधान कोरोना संक्रमित भने होइनन् । उनको एन्टिजेन परिक्षण गर्दा कोरोना संक्रमण नभेटिएको नाती जोर्डन प्रधानले विराटपथलाई बताए ।
मृतक प्रधानको बिहिबार विहान परोपकारघाटमा अन्तिम दाहसंस्कार गरिनेछ । प्रधानको एक छोरा र तीन छोरी छन् ।