सुनसरीमा भारी परिणामामा केजी गाँजा एकजना पक्राउ

Logo
सोमबार, जेठ १७, २०७८

सुनसरी । प्रहरीले सुनसरीको भाण्टाबारीबाट भारी परिणाममा गाँजा सहित एकजनालाई पक्राउ गरेको छ । सुनसरी कोशी गाँऊपालिका – ८ भाण्टाबारी स्थित पुर्बपश्चिम राजमार्गबाट आइतबार एकजनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार आइतबार बिशेष सूचनाका आधारमा एकसय ६५ केजी गाँजा सहित सोही स्थानमा बस्ने ४० बर्षिय गणेश यादवलाई पक्राउ गरेको जनाएको छ । आईतबार बिहान पौने ३ बजे जिल्ला प्रहरी कार्यालय सुनसरी र सिमा प्रहरी चौकी भण्टाबारीबाट खटिएको प्रहरी टोलीले राजमार्गको दक्षिण पानीटंकी नजिकैबाट गाँजा बरामद गरेको थियो ।
बिक्री वितरणका लागि ठिक्क पारिएर प्लाष्टिकले बेरिएको अबस्थामा ६ बोरा तयारी लागूऔषध गाँजा सहित यादवलाई पक्राउ गरेको प्रहरीको भनाई छ ।पक्राउ परेका यादवमाथि प्रहरीले लागूऔषध नियन्त्रण ऐन २०३३ कारबाहीको प्रक्रिया अघि बढाएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

लार्ज मिडिया प्रा. लि.
विराटपथ न्यूज पोर्टल कोसी प्रदेशको मुकाम विराटनगरबाट सञ्चालित छ।  सूचना तथा प्रसारण विभाग दर्ता नं 2878/ 2078-079

टिमहरु

अध्यक्ष  : सुष्मा श्रेष्ठ
प्रधान सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल

सम्पर्क

विराटनगर महानगरपालिका – ९
शान्तिचोक
9851052811/9804005000
[email protected]