सिनेमा हल खोप प्रकरण : स्वास्थ्य कार्यालय भन्छ, हामी जिम्मेवार छौ 

मन्त्रालयले भन्यो, स्वास्थ्य कार्यालयलाई खोप जिम्मा दिएका हौ
Logo
आइतबार, जेठ १६, २०७८

विराटनगर । शुक्रबार विराटनगरको सिटी सिनेमा हलमा लगाइएको कोरोनाबिरुद्धको खोपका बिषयमा सामाजिक विकास मन्त्रालयले बिज्ञप्ति जारी गर्दै आफ्नो संलग्नता नभएको प्रष्ट पारेको छ । मन्त्रालयले कोभिसिल्डको दोश्रो डोजको प्रतिक्षामा रहेका फ्रन्टलाइनरको निवेदन र नामावली सहित प्राथमिकताका आधारमा लगाउने गरि स्वास्थ्य कार्यालय मोरङमा दिएको जानकारी दिदै सो बिषयमा छानबिन प्रक्रियाा शुरु गरिएको जनाएको छ ।
यता खोप लगाउने जिम्मा पाएको सम्बन्धित स्वास्थ्य कार्यालय मोरङले सो बिषयको नैतिक जिम्मेवारी आफ्नो रहेको जनाएको छ । ‘हाम्रो कार्यालयको गाडी प्रयोग भएको छ । हाम्रो कर्मचारी खटिएर गएका छन् यस कारणपनि यो बिषयमा हाम्रो कार्यालय जिम्मेवार छ ।’ स्वास्थ्य कार्यालय मोरङका सूचना अधिकारी धरणी निरौलाले विराटपथसँग भने, ‘अब कसले त्यहाँ खोप लगाउने निर्देशन दियो त्यो भने जानकारीमा छैन ।’ निरौलाले खोप लगाउने स्थान छनौटको बिषयमा भने अनभिज्ञता प्रकट गरे । खोप लगाउनु आफैमा गलत नभएको जनाउँदै उनले सो बिषयमा स्वास्थ्य कार्यालयले जिम्मेवारी लिने बताए ।
आइतबार साँझ सामाजिक विकास मन्त्री उषाकला राईको स्वीकय सचिवालयद्धारा बिज्ञप्तिमा कोभिड १९ विरुद्धको खोपका विषयमा सामाजिक विकास मन्त्रालयलाई जोडेर आएका समाचारहरुप्रति मन्त्रालयले आफ्नो गंभिर ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘लापरबाही र अनुशासनहिन काम गरिएको ठहरिएमा मन्त्रालयले कारबाही गर्ने कुरामा विश्वास दिलाउन चाहन्छौं ।’
मन्त्रालयले फ्रन्टलाइनमा खटिएका चिकित्सक, नर्स, स्वीपर, प्रहरी, सेना, वकिल, पत्रकार, संघसंस्थाका प्रतिनिधि, सभासद, मन्त्रालयका कर्मचारी लगायतका निवेदन र सूचीसहित आबश्यक भ्याक्सिन स्वास्थ्य कार्यालय मोरङलाई केही समय अघि नै दिएको समेत प्रष्ट पारेको छ । मन्त्रालयलले सो बिषयमा कार्यालयका कर्मचारीलाई सोधपुछ गर्ने कार्य समेत शुरु गरिएको जनाएको छ । मन्त्रालयले अवस्थामा खोप जस्तो विषय कसैले पनि र कुनै पनि निकायले दुरुपयोग गरिएको ठहरिएमा कानून बमोजिम दण्डनिय हुने कुरा स्वभाविक रहेको उल्लेख गरको छ ।

 

तपाईको प्रतिक्रिया
हाम्रो बारे

लार्ज मिडिया प्रा. लि.
विराटपथ न्यूज पोर्टल कोसी प्रदेशको मुकाम विराटनगरबाट सञ्चालित छ।  सूचना तथा प्रसारण विभाग दर्ता नं 2878/ 2078-079

टिमहरु

अध्यक्ष  : सुष्मा श्रेष्ठ
प्रधान सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल

सम्पर्क

विराटनगर महानगरपालिका – ९
शान्तिचोक
9851052811/9804005000
[email protected]