News flash

विराटपथ

आइतबार, जेठ १६, २०७८

विराटनगर । प्रदेश १ मा कोरोना संक्रमितको संख्यामा फेरि बृद्धि भएको छ । केही दिनयता संक्रमितको संख्यामा केही कमि आएपछि पछिल्लो २४ घण्टाको अवधिमा प्रदेशमा १ हजार ५ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमणको दर बढेसँगै संक्रमणमुक्त हुनेको संख्यामा भने ज्यादै न्यून रहेको छ । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३९ जनाले मात्र कोरोना जितेका छन् ।
सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा झापामा ३६२, मोरङमा ३५१, सुनसरीमा १६३, पाँचथरमा ३७, ताप्लेजुङमा ३२, इलाममा १२, उदयपुरमा ६, धनकुटामा ५, संखुवासभा, ते¥हथुम, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ३३ जनामा कोरोना संक्रमण देखिएको छ ।
झापाको विर्तामोडमा ७३, दमकमा ७०, मेचीनगरमा ४६, भद्रपुरमा ३४, कनकाईमा ३२, झापा गाउँपालिकामा २७, अर्जुनधारामा २०, शिवसताक्षी १८, बुद्धशान्तिमा १४, हल्दिबारीमा ८, कमल गाउँपालिकामा ६, गौरादहमा ५, गौरीगञ्जमा २, कचनकवल, गौरीगञ्ज, बा¥हदशीमा १–१, स्थानीय तह नखुलेका ४ मा कोरोना संक्रमण पुष्टि भएको छ ।
मोरङको विराटनगरमा १३२, सुन्दरहरैचामा ३४, कानेपोखरीमा ३२, पथरीशनिश्चरे र बेलबारीमा २४–२४, रतुवामाई र उर्लाबारीमा १७–१७, बुढीगंगामा १५, केराबारीमा १२, रंगेली र लेटाङमा १०–१०, धनपालथानमा ७, कटहरीमा ६, मिक्लाजुङमा ४, सुनबर्षी, जहदा र ग्रामथानमा १–१, स्थानीय तह नखुलेका २ जनामा त्यस्तै सुनसरीको धरानमा ७१, इटहरीमा ५८, बराहक्षेत्रमा ९, गढीमा ७, रामधुनी र दुहवीमा ४–४, इनरुवामा ३, कोशी गाउँपालिकामा २, देवानगञ्जमा १ र स्थानीय तह नखुलेका ६ जनामा संक्रमण देखिएको छ ।
त्यसैगरि पाँचथरको फिदिममा ३५, हिलिहाङ र फाल्गुनन्दमा १–१, ताप्लेजुङको फुङलिङमा २१, मेरिङदेनमा ८, मिक्वाखोलामा ३, इलामको चुलाचुलीमा ४, रोङ र इलाम नगरपालिकामा ३–३, सुर्योदय र स्थानीय तह नखुलेका १–१, उदयपुरको त्रियुगामा ३, चौदण्डीगढीमा १ र स्थानीय तह नखुलेका २, धनकुटाको धनकुटा नगरपालिका र स्थानीय तह नखुलेका २–२, महालक्ष्मीमा १, संखुवासभाको खाँदबारी, तेह्रथुम, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ३३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

 

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल