News flash

विराटपथ

आइतबार, जेठ १६, २०७८

सुनसरी । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी स्वास्थ्यकर्मीको टोली सहित कोरोना संक्रमित भएर होम आइसोलेसनमा वसेकाहरुको घर घरमा पुग्न थालेका छन् ।
इटहरी वडा नम्वर १३, १६ र १७ का छ वटा घरमा मेयर चौधरी पुग्दै उनले बिरामीको स्वास्थ्य अबस्थाको बारेमा जानकारी लिए । इटहरी अस्पतालकी स्टाप नर्स विनिता खतिवडा र होम आइसोलेसन सर्पोट टिमका विशाल दाहाल सहित संक्रमितहरुलाई भेट्न मेयर चौधरी पुगेका थिए । उनले संक्रमितहरुको स्वास्थ्य अवस्थाको वारेमा जानकारी लिए ।
संक्रमितको मनोबल बढाउँदै प्रमुख चौधरीले इटहरी उपमहानगर जनताको साथमा रहेको सन्देशदिए । घर घरमा पुगेको टोलीले संक्रमितहरुलाई स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परामर्श दिएका थिए । होम आइसोलेसनमा वस्दा पुर्याउन ुपर्ने सावधानीको वारेमा जानकारी दिइएको थियो ।
स्वास्थ्यकर्मीहरुको टोली सहित नगरप्रमुख घरमै आइपुग्दा आधा विराम निको भएको संक्रमितहरुले प्रतिक्रिया दिएका थिए । समस्या परेको वेला स्थानीय सरकार घरमै आउदा उपमहानगर जनता प्रति उत्तरदायी रहेको पाएको उहाँहरुको भनाई थियो ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल