विराटनगर । सर्वोच्च अदालतले चैत्र ६ गते बिहिवार देशभर कै अदालतहरु बन्द गर्ने निर्णय गरेको छ । सर्वोच्चले बुधबार एक बिज्ञप्ति जारी गर्दै देशभरका जिल्ला अदालत, उच्च अदालत, अन्य अदालत र सर्वोच्च अदालत बन्द गर्ने निर्णय गरेको हो ।
सर्वोच्चका पूर्व प्रधान न्यायाधीश ओभभक्त श्रेष्ठको निधनम शोक मनाउन बिहिबार अदालत बन्दको घोषणा गरेको हो । सर्वोच्चका पूर्व न्यायाधीस श्रेष्ठको बुधबार निधन भएको थियो । १९८९ साल चैत्र ३० गते जन्मिएका श्रेष्ठले २०१६ सालदेखि सरकारी सेवा शुरु गरेका थिए ।
उनी २०४८ साल पुष १६ गते सर्वोच्चको न्यायधीस २०५४ साल असोज १ गतेबाट प्रधान न्यायाधीस भएका थिए । सर्वोच्चका मुख्य रजिष्ट्रार नृपध्वज निरौला बिज्ञप्ति जारी गर्दै श्रेष्ठको निधनमा शोक ब्यक्त समेत गरेका छन् ।