News flash

विराटपथ

आइतबार, जेठ १६, २०७८

विराटनगर । अर्थमन्त्री बिष्णु पौडेलले शनिबार आर्थिक बर्ष २०७८/०७९ को आय ब्यय प्रस्तुत गरे । अध्यादेश मार्फत ल्याइएको बजेटमा मिश्रित प्रतिक्रिया आइरहँदा अर्थमन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा पर्याप्त बजेट बिनियोजन गरे । संसद नभएको अबस्थामा आएको बजेटलाई अर्थमन्त्रीले मुख्य रुपमा महामारीको रुपमा फैलिएको कोरोना बिरुद्ध केन्द्रीत राखेर ल्याए ।
बजेटको पक्ष र बिपक्षमा प्रतिक्रिया आइरहे पनि हामीले बजेटले प्रदेश १ को राजधानी विराटनगर सहित मोरङ जिल्लालाई कसरी समेटेको छौ । बजेटमा विराटनगर विमानस्थलमा नयाँ टर्मिनल भवन निर्माण आरम्भ गर्ने योजना ल्याइएको छ । तर सो कार्यका लागि कति रकम छुट्याइएको हो, प्रष्ट पारिएको छैन । त्यस्तै विराटनगर, पोखरा, सुर्खेत र धनगढीमा आधिुनक पशुवधशाला स्थापना, विराटनगरका मानगढ खानेपानी योजना आगामी बर्ष सम्पन्न गर्न समेत बजेट बिनियोजन गरिएको छ ।
आगामी आर्थिक बर्ष भित्र काठमाण्डौ उपत्यकामा ३ सय शैयाको सुविधा सम्पन्न सरुवा रोग अस्पताल र सबै प्रदेशमा ५० शैयाका सरुवा रोग अस्पताल निर्माण गर्ने योजना अघि सारिएको छ । जसका लागि १ अर्ब ३० करोड विनयोजन समेत गरिएको छ । तर प्रदेश १ को कुन स्थानमा अस्पताल निर्माण गरिने प्रष्ट छैन । विराटनगरको अस्पतालमा निःसन्तान दम्पत्तिका लागि आइभिएफ सेवा सुरु गरिने, मोरङ, भक्तपुर , कास्की र बाँके जिल्लामा सरकारीःतबरबाट बालसधुार गृह सञ्चालन गर्ने समेत बजेटमा उल्लेख छ ।
मोरङको रंगेलीसहित .देश तथा स्थानीय तह मार्फत मेचीनगर, रत्ननगर, कागेश्वरी मनहरा, सिन्धुखर्क लगायतका १७ स्थानमा कृिष थोकबजार स्थापना गरिने, कृषकबाट उत्पािदत दुधका लािग बजार सुनिश्चित गर्न विराटनगर, पोखरा लगायतका स्थानमा दुध संकलन र चिस्यान केन्द्रको स्थापना तथा क्षमता बृद्धि गरिने समेत बजेटमा उल्लेख रहेको छ ।
विराटनगर, वीरगञ्ज, भैरहवा, नेपालगञ्ज, रसुवा, मेची र तातोपानी गरी सात ठूला भन्सार कायार्लयमा कन्टेनर स्क्यानर मेिशन, मालवस्तु तौिलने वइङ मेशिन लगायतका आधुनिक उपकरण जडान गर्न बजेट बिनियोजन गरेको सरकारले नेपाल भारत सीमा नाकामा रहेका एकीकृत जाँच चौकीलाई रेलमार्गसँग आबद्ध गरिने जनाएको छ । ‘विराटनगरमा सञ्चािलत प्रदर्शनीस्थललाई स्तरोन्ति गरिनेछ ।’ बजेटको १८३ नम्बर बँुदामा उल्लेख छ, ‘काठमाण्डौको त्रिपुरेश्वर, सार्क हस्तकाला भवन निर्मार्ण यसै वर्ष सम्पन्न गरिनेछ नेपाल निर्यात व्यवसायी महासंघसँगको साझेदारीमा काठमाण्डौ उपत्यकाभित्र अन्तराराष्टिय प्रर्दशनी केन्द्रको निर्माण गरिनेछ ।’ तर विराटनगरमा अहिलेसम्म कतैबाट प्रर्दशनीस्थल सञ्चालनमा रहेको छैन ।
विराटनगर कारागार निर्माण, विराटनगर कै बैजनाथपुरमा रहेको क्रिकेट मैदान निर्माण सम्पन्न गर्न समेत आबश्यक रकमको विनियोजन यो बजेटमा गरिएको छ । त्यस्तै विराटनगरसहित काठमाण्डौ, भरतपुर, पोखरा र बटुवल लगायतका ठूला शहरमा बिद्युतिय तार भूिमगत गर्ने बजेटमा उल्लेख गरिएको छ । बजेटले प्रदेश र स्थानीय तहबाट इटहरी विराटनगरमा ठूला क्षमताको बिद्युतिय बस सञ्चालन गरेमा थप प्रोत्साहन अनुदान दिने ब्यवस्था समेत गरेको छ ।
जोिखमयक्तु बस्ती स्थानान्तरण गर्न र छरिएर रहेका बस्ती एकीकृत गरी खानेपानी, बिद्युत, सडक लगायतका विकास आधारभुत पूर्वाधर पुर्याउन मोरङ,धनुषा, सिन्धुपाल्चोक, पर्वत, अर्घाखाँची, हुम्ला, बैतडी लगायतका ४१ वटा जिल्लाका ८६ स्थानमा एकीकृत बस्ती विकास गरिने बजेटमा समाबेश छ । सघन शहरी विकास कार्यक्रम अन्तगगत तराई मधेशका जिल्ला सदरमुकामहरु विराटनगरसहित महेन्द्रनगर, धनगढी, गलुरिया, नेपालगञ्ज, तैलिहवा, सिद्धाथनगर, परासी, बिरगञ्ज, कलैया, गौर, मलगंवा, जलेश्वर, जनकपुर, सिराहा, राजविराज, इनरुवा, भद्रपुर त्रिब रुपमा शहरीकरण भइरहेका नगरपलिकाहरुमा सडक, ढल, खानेपानी, मनोरन्नपार्क, बसपार्क, शिक्षा स्वास्थ्य क्षेत्रका शहरी पूर्वाधारका लागि १० अर्ब ७१ करोड रुपैया विनियोजन गरिएको छ ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल