दुर्घटनामा घाईते भएका गुणराज खर्चको अभावमा अस्पतालमै अलपत्र

Logo
आइतबार, जेठ १६, २०७८

सुनसरी । गएको साता झापा दमकमा ट्याक्टर दुर्घटनामा परि गम्भीर घाईते भएका धनकुटा जीतपुरका बिपन्न परिवारका गुणराज विश्वकर्माले उपचारका लागि सहयोगको याचना गरेका छन् । दुर्घटनाबाट गम्भीर भएका गुणराज अहिले अस्पताल मै अलपत्र छन् । रकमको अभावले उनले प्रभावकारी उपचार गर्न समेत पाएका छैनन् ।
कोरोना संक्रमण र त्रासकै बीचमा कामको खोजीमा दमक पुगेका उनी दुर्घटनामा परेपछि स्थानीयले नजिककैको अस्पतालमा भर्ना गरिदिए । त्यहाँको अस्पतालले उनलाई सामान्य उपचार वाहेक अन्य केह िगरेन् । साथमा एक पैसा पनि नभएका गुणराजसँग ५५ हजार रुपैया बुझाए मात्र अस्पालले डिस्चार्ज गर्ने भन्यो । ज्याला मजदुरी गर्दै जीवन गुजारी रहेका गुणराज दुर्घटनामा परेपछि काठमाडौंमा रहेका छोराको सम्पर्कमा आएका थिए ।
उनका छोरा गुन्जन काठमाण्डौमा मजदुरी गर्दै पढ्दै आएका छन् । आफ्नै बाबुले नहेरे पनि छोरा गुन्जनले बुवाको उपचारमा तत्परता देखाए । छोराको धर्म निर्वाह गर्छु भन्दै उनले साथीभाइसँग सरसापट लिएर अस्पतालले मागेको ५५ हजार बुझाए र थप उपचारका लागि धरानको वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा भर्ना गरे । उनको स्वास्थ्यको रिर्पोट अनुसार मेरुदण्डमा गम्भिर चोट लाग्नुका साथै एउटा खुट्टा भाँचिएको छ ।
गुणराज विगत १५ बर्षदेखि श्रीमति र परिवारसँग वेखवर भएको आफन्तहरु बताउँछन् । आफै ज्याला मजदुरी गर्ने भएका कारण उनी आफै समस्यामा थिए । छोरा गुन्जन बुवालाई ठक्कर दिने ट्याक्टरको पहिचान हुन नसक्दा पीडितले उपचार खर्च गरेको छैन । आफैलाइ खाने बस्ने खर्च त छैन भन्दै छोरा गुन्जन बुवाको थप उपचार गर्न समस्या परेको बताउँछन् । अस्पताल भर्ना गरेपनि त्यहाँ के कति खर्च लाग्छ आफुलाई थाहा नभएको बताउँदै उनले सहयोगका लागि मनकारी मन भएकालाई आग्रह गरेका छन् ।
उपचारका लागि उनले आफ्ना दाजुभाइ र आफन्तलाई याचना गरेपनि कसैले पनि सहयोग गर्नै बचन नदिएपछि सबैमा सहयोगको लागि अनुरोध गरेको विराटपथलाई बताए ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

लार्ज मिडिया प्रा. लि.
विराटपथ न्यूज पोर्टल कोसी प्रदेशको मुकाम विराटनगरबाट सञ्चालित छ।  सूचना तथा प्रसारण विभाग दर्ता नं 2878/ 2078-079

टिमहरु

अध्यक्ष  : सुष्मा श्रेष्ठ
प्रधान सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल

सम्पर्क

विराटनगर महानगरपालिका – ९
शान्तिचोक
9851052811/9804005000
[email protected]