News flash

विराटपथ

शुक्रबार, जेठ १४, २०७८

विराटनगर । कोरोना संक्रमणको जोखिम र नियन्त्रणमा अग्रपक्तिमा रहेर काम गर्दै आएका सुरक्षाकर्मीमा कोरोना संक्रमणको दर बढी रहेको छ । शुक्रबार सम्म प्रदेश १ को १४ जिल्लामा कार्यरत नेपाल प्रहरीका १९९ जना कोरोनाबाट संक्रमित भएका छन् । ती मध्ये २१ जना उपचारपछि संक्रमण मुक्त भएका छन् ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार संक्रमित केही प्रहरीको अबस्था सामान्य छ भने गम्भीर प्रकृतिका संक्रमित अस्पतालमा भर्ना भएका छन् । ‘केहीको अबस्था सामान्य छ । केही भने उपचारको क्रममा नै हुनुहुन्छ ।’ प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले विराटपथसँग भने, ‘जटिल अबस्था भएपनि प्रहरीले अग्रपक्ति मै रहेर काम गर्नुपर्ने अबस्था छ ।’ प्रदेशका जिल्लाहरु मध्ये सुनसरीमा धेरै प्रहरी संक्रमणको चपेटामा परेका छन् । सुनसरीमा ७० जना प्रहरीमा संक्रमण देखिएको छ ।
प्रदेशमा पछिल्लो समय खोपको उपलब्ध नभएको प्रवक्ता श्रेष्ठले बताए । उनले पहिलो चरणमा खोप लगाएका सबै प्रहरीले दोश्रो चरणको खोप लगाएको बताउँदै थप खोपका लागि पहल भइरहेको जानकारी दिए ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल