विराटनगर । विकास निर्माणको कार्यमा सक्रिय विराटनगरको बशिष्ठ डेभलोपर्सले कोरोना महामारीका नियन्त्रण र रोकथामका लागि सामाजिक कार्यको शुरुवात गरेको छ । डेभलोपर्सले सामाजिक उत्तरदायित्वको भावले यो कार्यको शुरुवात गरेको जनाएको छ ।
डेभलोपर्सका प्रबन्ध निर्देशक विमल भट्टराईका अनुसार सो संस्थाको समूहले अहिले विराटनगरका बिभिन्न घरहरुमा सेनिटाइजर गर्ने काम गरिरहेको छ । कोरोना संक्रमित तथा अन्यलाई जोखिमबाट मुक्त गर्न सेनिटाइजरलाई पहिलो प्राथमिकतामा राखेर काम भइरहेको छ । ‘हामीले ५ जनाको युवाको समूह बनाएर परिचालन गरेका छौ ।’ प्रबन्ध निर्देशक भट्टराईले भने, ‘यो सेवा पूर्णत निशुल्क हो ।’
सो संस्थाले सेनिटाइजरसँगै विराटनगरमा बिभिन्न कामले आएर अलपत्र परेकाहरुले उनीहरुको गन्तब्यसम्म लैजाने समेत कार्य गर्दै आएको छ । ‘यदि कसैलाई त्यस्तो समस्या छ भने सिधै मलाई सम्पर्क गर्दा हुन्छ ।’ उनले भने । डेभलोपर्सले निशुल्क खानाको समेत ब्यवस्था गर्दै आएको छ । भट्टराईले कसैलाई सेनिटाइजर, गन्तब्य सम्म पुर्याउनु परेमा ९८६०८५४३४९ वा ९८१०४६१६१६ मा सम्पर्क गर्न आग्रह गरे ।