News flash

विराटपथ

शुक्रबार, जेठ १४, २०७८

विराटनगर । २ – ३ देखिको निरन्तर हावाहुरी सहितको निरन्तर बर्षा, कोरोना सन्त्रासका कारण हरेक जिल्लामा निषेधाज्ञा, होटल र लज सबै बन्द । यस्तो जटिलतामा इलामको धोबीधाराकी इन्दिरा घिमिरे केही दिनदेखि विराटनगरमा अलपत्र थिइन् ।
उनी २१ दिन अघि इलामबाट विराटनगर आएकी थिइन् । सिटी अस्पतालमा उपचार गराउन इलामबाट हिडेकी इन्दिराले उपचार त गराइन् तर बन्दाबन्दीले घर भने फर्कन सकिनन् । इलाम कै रमा पोखरेल आफ्नो दुई छोरा सहित लामो समयदेखि विराटनगरमा बस्दै आएकी थिइन् । घरेलु कामदारको रुपमा कार्यरत रमा आफ्नो छोरालाई अध्ययन गराउने सिलसिलामा इलामको समचौबाट विराटनगर झरेकी थिइन् । तर उनलाई पनि लामो समयदेखिको बन्दाबन्दीले पिरोल्यो ।
रमाका स्थायी घर इलाम नै हो । उनी विराटनगरमा भाडामा बस्ने गर्थिन । अरुको घरमा काममा पनि जान नसक्ने र शैक्षिक संस्था बन्द हुँदा छोराको पढाईपनि प्रभावित भयो । आम्दामीको श्रोत समेत बन्द हुँदा उनलाई घर फर्कन मन लाग्यो । तर सवारीसाधान बन्द हुँदा उनी विराटनगरमै अलपत्र परिन् । घर फर्कनलाई न पैसा थियो, न अरु कुनै साधान ।
शुक्रबार विहान भने रमा निक्कै प्रफुल्ल थिइन् । उनी यस्तो कठिन समयमा घर फर्कन लाग्दै थिइन् । रमा मात्र होइन्, इन्दिराले पनि घर जाने अवसर पाएकी थिइन् । ‘यो झरीमा कसरी घर पुग्नु, मनमा अनेकौ कुरा खेलिरहेको थियो ।’ इन्दिराले भनिन्, ‘भाईहरुले हामीलाई ठूलो गुन लगाउनु भयो ।’ उनीहरुलाई यो गुन लगाउँदै थिए, विराटनगरको बरगाछी युवा समूहका अभियानकर्मीले ।
बरगाछीका युवाहरुले कोरोना भाइरस संक्रमण र जोखिमबाट उत्पन्न भएको परिस्थितिमा बिभिन्न मानविय सेवाका कार्यहरु गर्दै आएका छन् । सो समूहले केही दिन अघिबाट विराटनगरमा विभिन्न स्थानबाट अलपत्र परेकालाई गन्तब्यमा पुर्याउने अभियान सञ्चालन गर्दै आएको छ । अभियानको नेतृत्व गरिरहेका दीपक चापागाई अहिले विराटनगरमा अलपत्र परेका १५ जनालाई उनीहरुको गन्तब्य सम्म पुर्याएको बताउँछन् । ‘अन्य काम त भइरहेकै छ, तर विभिन्न कारणबाट विराटनगरमा आएर घर फर्कन नपाएकाहरुलाई घर पुर्याउने उद्धेश्यले हामीले यो अभियान शुरु गर्यौ ।’ चापागाईले विराटपथसँग भने, ‘यो पनि एउटा मानवसेवा नै हो भन्ने हामीलाई लाग्यो ।’
यो अभियान उनीहरुको आफ्नै नीजि खर्चमा शुरु गरिएको हो । सवारी साधानको ब्यवस्थापन, इन्धन लगायतका सबै खर्च आफैले जुटाएको चापागाईले बताए । यो अभियानलाई स्थानीय प्रशासनले समेत सहयोग गरेको छ । प्रशासनको समन्वयमा नै सवारीसाधान सञ्चालन गर्ने बातावरण मिलाइएको छ । अभियानमा आकाश घिमिरे, सरोज फुँयाल र आर्यन न्यौपानेले गन्तब्य सम्म पुर्याउने काम गरिरहेका छन् ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल