कोरोना संक्रमणबाट सञ्चारकर्मी न्यौपानेको निधन

Logo
शुक्रबार, जेठ १४, २०७८

विराटनगर । सञ्चारकर्मी चन्द्र न्यौपानेको कोरोना संक्रमणका कारण निधन भएको छ । न्यौपानेको उपचारका क्रममा शुक्रबार विहान साढे ८ बजे विराट मेडिकल कलेजमा निधन भएको हो ।
उनी लामो समयदेखि इटहरीबाट सञ्चालन हुँदै आएको सप्तकोशी एफएममा आबद्ध थिए । उनी सप्तकोशी एफएमको स्टेशन म्यानेजर हुन । रेडियोकर्मी न्यौपाने ब्रोडकास्टिङ एसोसिएसन (बान) को अध्यक्ष समेत हुन । कोरोना संक्रमणबाट गम्भीर भएपछि उनलाई बैशाख २८ गते विराट मेडिकल कलेज भर्ना गरिएको थियो ।
५० बर्षिय न्यौपानेको इटहरीका स्थायी बासिन्दा हुन । न्यौपानेको श्रीमति एक छोरा र एक छोरी छन् ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

लार्ज मिडिया प्रा. लि.
विराटपथ न्यूज पोर्टल कोसी प्रदेशको मुकाम विराटनगरबाट सञ्चालित छ।  सूचना तथा प्रसारण विभाग दर्ता नं 2878/ 2078-079

टिमहरु

अध्यक्ष  : सुष्मा श्रेष्ठ
प्रधान सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल

सम्पर्क

विराटनगर महानगरपालिका – ९
शान्तिचोक
9851052811/9804005000
[email protected]