News flash

विराटपथ

बिहिबार, जेठ १३, २०७८

विराटनगर । कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि त्यसको मार बिपन्न र गरिब परिबारलाई परेको छ । दैनिक ज्यालादारी गर्ने मजदुरदेखि अन्य समेतलाई दैनिक हातमुख जोर्न असहज भएको छ । यस्तो अबस्था भने बिभिन्न क्षेत्रमा क्रियाशिल संघसंस्थालाइृ राहत वितरणको कार्यलाई सञ्चालन गर्दै आएका छन् ।
गरिब तथा अति विपन्न परिवारलाई केही राहत होस भन्ने उद्धेश्यले बेलबारीको श्रमिक महिला समूहले खाद्यान्न तथा अन्य सामाग्री वितरण गरेको छ । मोरङमा गत वैशाख २४ गतेदेखि जिल्लामा निषेधाज्ञा जारी छ । यस्तो अबस्थामा ब्यवसायबाट बिस्थापित भएका, गरिब र अति बिपन्न परिवारलाई राहत सामाग्री वितरण गरिएको समूहकी अध्यक्ष नितु थापा कोइरालाले विराटपथलाई बताइन् ।
अध्यक्ष कोइरालाका अनुसार अहिलेसम्ममा सो समूहले बृद्घबृद्घा, एकल महिला, गरिब तथा अति विपन्न परिवारलाई घर घरमा पुगेर राहत उपलब्ध गराइरहेको, उपलब्ध गराइएको राहत प्याकेजमा २५ किलो चामल, एक लिटर तेल, एक किलो नुन, सोयाविन र एक बण्डल साबुन आदि रहेको छ । सो समूहले यस कार्यमा हातमालो गर्न सबैलाई आग्रह समेत गरेको छ । शहर क्षेत्रमा मात्र केन्द्रति रहेको राहत बाँड्ने कार्यलाई ग्रामिण क्षेत्रमा समेत सञ्चालन गरिने समूहले जनाएको छ ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल