News flash

विराटपथ

बिहिबार, जेठ १३, २०७८

विराटनगर । हतियारधारी समूहले अस्थायी प्रहरी चौकी धरानका असईमाथि आक्रमण गरेको छ । ८ – १० को संख्यामा आएका हतियारधारी समूहले असई सुमन दाहालमाथि आक्रमण गरेका छन् । खुकुरी तरबारसहित चौकी पुगेका आक्रमणकारीले दाहालमाथि आक्रमण गर्दा उनको देब्रे हातको नारीमा गम्भीर चोट लागेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बिहीबार साँझ चौकी पुगेका सो समूहले अन्धाधुन्द खुकुरी तरबार प्रहार गर्दै फरार भएको थियो । सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापाका अनुसार २ जना पुरुष र एक महिला सुरक्षाका लागि प्रहरी चौकी पुगेका थिए । उनीहरु चौकी पुगेको केही समय पश्चात सो हतियारधारी समूह पनि चौकीमा पुगेको थियो ।
‘ज्यान मार्ने धम्की आएको भन्दै ३ जना चौकी पुगेछन् । उनीहरु पुगेको केही समय पश्चात धारिलो हतियार बोकेका समूहपनि चौकी पुगेछ ।’ एसपी थापाले विराटपथसँग भने, ‘दुबै समूहबीच पहिलादेखि रिसइबी रहेछ । चौकी पुगेर हतियारधारी समूहले अर्को समूहलाई प्रहार गर्न खोजेपछि प्रहरीले रोकेर समात्न खोजेको थियो । प्रहरीेले रोक्न खोज्दा सो समूहले प्रहरीमाथि आक्रमण गरेर फरार भयो ।’
एसपी थापाले हतियारधारी समूहको पहिचान भइसकेको र पक्राउ गर्न प्रहरी टोली परिचालन भइसकेको बताए । घाइते असई दाहालको बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भइरहेको समेत उनले जानकारी दिए ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल