रमपमद्वारा २ हजार मजदुरका परिवारलाई एक हप्ताका लागि खाद्यान्न

Logo
मंगलबार, जेठ ११, २०७८

विराटनगर । रमपम तयारी चाउचाउको उत्पादक एसियन थाइ फुड्सले जनउत्तरदायी कार्य अन्तर्गत सुनसरी दुहबी, सोनापुर क्षेत्रका २ हजार मजदुरका लागि एक हप्तालाई पुग्ने खाद्यान्न उपलब्ध गराएको छ । एसियन थाइफुड्सका प्रबन्ध निर्देशक महेश जाजुका अनुसार ५ किलो चामलसहित दाल, खानेतेल, नुन, चाउचाउ, बिस्कुट, भटमासको मस्यौरा, भुजा, मास्कलगायतका सामान उपलब्ध गराइएको छ ।
दुहबी नगरपालिका २, ६, ९, १० र ११ का वडाध्यक्षहरू मार्फत् उक्त खाद्यान्न अभावमा रहेका मजदुर परिवारलाई हस्तान्तरण गरिने छ । एक वडामा ४ सय परिवारलाई प्याकेट बनाएर खाद्य सामग्री उपलब्ध गराइएको जाजुले जानकारी दिए । कोरोना संक्रमणको बेला लकडाउन भएर उद्योग÷कलकारखानामा काम गर्ने मजदुर बेरोजगार भएको बेला यो सहयोगले मजदुर÷कामदारका परिवारलाई धेरै राहत पुग्ने विश्वास गरिएको छ ।
‘पक्कै पनि संक्रमण र लकडाउनले उद्योग÷कलकारखाना अधिकांश उत्पादन कटौतीमा छन्, यस्तो बेलामा मजदुरले रोजगारी गुमाउनु परेको छ, हामी मजदुरलाई परेका मर्कालाई थोरै भए पनि सहयो गर्न अग्रसर भयौ’ जाजुले भने, ‘हुन त यसप्रकारको सहयोग राज्यबाटै हुनुपर्ने हो, हाम्रो यो सहयोग राज्यलाई घचघच्याउनु पनि हो ।’
एसियन थाइफुड्स्ले पहिलो चरणमा २५ लाख बराबरको खाद्यान्न सहयोग गर्न लागेको हो । यसप्रकारको सहयोग नेपाल उद्योग परिसंघ १ नं. प्रदेशको समन्यवमा हुने छ र, जाजुले भने, ‘अरु कसैले यस्तो सहयोग गर्नुहुन्छ भने परिसंघले समन्वय गर्ने छ ।’ रमपप उद्योगमा आयोजित एक कार्यक्रममा परिसंघका अध्यक्ष भीम घिमिरे, उपाध्यक्ष सुशील जोशीलगायतले सम्वन्धित पाँचै वडाका वडाध्यक्षलाई खाद्यान्न हस्तान्तरण गरेका थिए ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

लार्ज मिडिया प्रा. लि.
विराटपथ न्यूज पोर्टल कोसी प्रदेशको मुकाम विराटनगरबाट सञ्चालित छ।  सूचना तथा प्रसारण विभाग दर्ता नं 2878/ 2078-079

टिमहरु

अध्यक्ष  : सुष्मा श्रेष्ठ
प्रधान सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल

सम्पर्क

विराटनगर महानगरपालिका – ९
शान्तिचोक
9851052811/9804005000
[email protected]