News flash

विराटपथ

मंगलबार, जेठ ११, २०७८

सुनसरी । इटहरी उपमहानगरपालिकामा ‘उपमेयर सुत्केरी भेट कार्यक्रम’ प्रभावकारी देखिएको छ । सुत्केरी महिलालाई इटहरीकी उपमेयर लक्ष्मी गौतमले पौष्टिक खाना सहित घरमै पुगेर भेटघाट गर्न जान्छिन् । इटहरी अस्पतालमा सुत्केरी गराएका महिलालाई घरमै गएर भेटघाट गरेर पौष्टिक खाना समेत वितरण गर्दा कमजोर आर्थिक अबस्था भएकालाई राहत समेत भएको छ ।
उपमेयर गौतमले सोमबार मात्र १० जना सुत्केरीलाई घरमै पुगेर भेट गरेकी छन् । दैनिक ज्यालादारी गरेर गरेर जिविकोपार्जन गर्ने परिवारमा बन्दाबन्दीले जटिलता भइरहेको वेला पौष्टिक खाना सहित उपमेयर घरमै आइपुग्दा सुत्केरी महिलाहरु खुशी समेत भएका छन । सुत्केरीहरुले इटहरी अस्पतालमा सुत्केरी गराएकाहरुको घरमा उपमेयर आउने भन्ने कुरा सुनेको तर कहिले आउने होला भनेर वाटो कुरेर वसेको प्रतिक्रिया दिएको उपमेयर गौतमले जनाएन् ।
उपमेयर सुत्केरी भेटघाट कार्यक्रमको प्रभावले इटहरी अस्पतालमा सुत्केरी गराउनेहरुको संख्या समेत वढेको छ ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल