सिंघिया खोलामा भेटिएको शवको पहिचान खुल्यो

Logo
मंगलबार, जेठ ११, २०७८

विराटनगर । विराटनगरको घिनाघाटमा रहेको सिंघिया खोलामा फेला परेको महिलाको शवको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय मोरङ डिएसपी मानबहादुर राईका अनुसार मृतक विराटनगर – ३ बस्ने ४३ बर्षिया सुमित्रा खतिवडा रहेकी छन् ।
मंगलबार दिउँसो खोलाको घोप्टो परेको अबस्था खतिवडाको शव फेला परेको थियो । निर्माणाधिन पुलको जग खन्दा जमेको पानीमा शव फेला परेको थियो । खोलामा पानीको वहाव पनि निक्कै कम रहेको छ । डिएसपी राईले शवलाई पोष्टमार्डमका लागि कोसी अस्पताल लगिएको बताए । मृतकको घर खोला आसपास क्षेत्रमै रहेको छ । उनी डिप्रेसनको औषधी सेवन गर्दै गरेको र शरिरमा कुनै चोट नरहेका कारण आत्महत्या गरेको हुन सक्ने आशंका गरिएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

लार्ज मिडिया प्रा. लि.
विराटपथ न्यूज पोर्टल कोसी प्रदेशको मुकाम विराटनगरबाट सञ्चालित छ।  सूचना तथा प्रसारण विभाग दर्ता नं 2878/ 2078-079

टिमहरु

अध्यक्ष  : सुष्मा श्रेष्ठ
प्रधान सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल

सम्पर्क

विराटनगर महानगरपालिका – ९
शान्तिचोक
9851052811/9804005000
[email protected]