विराटनगर । सामाजिक अभियन्ताहरुले सर्वसाधारणका सहजताका फेरि अर्को अभियान चलाएका छन् । निषेधाज्ञा भएको लामो समय भएका कारण विराटनगरमा अलपत्र भएका बिभिन्न क्षेत्रका बासिन्दाले उनीहरुलाई गन्तब्य सम्म पुर्याउने अर्को अभियानको शुरुवात गरेका हुन ।
युवा अभियानकर्मी दीपक चापागाईको अगुवाईमा विराटनगर र आसपासका क्षेत्रमा अलपत्र परेका ब्याक्तिहरुलाई उनीहरु गन्तब्यसम्म पुर्याई दिने अभियानको शुरुवात गरेका हुन । बिभिन्न कामको सिलसिला तथा अध्ययन, रोजगारी र स्वास्थ्य परीक्षण जस्ता काममा विराटनगर आएर अलपत्र परेकालाई उनीहरुको घरसम्म पुर्याउने अभियान थालिएको अभियानकर्मी आकाश घिमिरेले बताए । उनीहरुले विराटनगरमा अस्थायी बसोबास भएर पनि घर फर्कन नपाएकालाई गन्तब्यमा पुर्याउने बताए ।
सो कार्यका लागि अभियानकर्मी आकाश घिमिरे, सरोज फुयाँल र आर्यन न्यौपानेको मोवाइल नम्बर क्रमश ९८०८८९८६६०, ९८१८८५७४७८ र ९८१५७९६९४१ मा सिधा सम्पर्क गर्न सकिनेछ । अभियानकर्मी दीपक चापागाईको पहलमा अन्यपनि सामाजिक कार्यहरु सञ्चालनमा रहेका छन् ।