विराटनगरको सिंघिया खोलामा महिलाको शव फेला

Logo
मंगलबार, जेठ ११, २०७८

विराटनगर । विराटनगरको घिनाघाटमा रहेको सिंघिया खोलामा एक महिलाको शव फेला परेको छ । मंगलबार दिउँसो खोलाको घोप्टो परेको अबस्था महिलाको शव फेला परेको हो ।
निर्माणाधिन पुलको जग खन्दा जमेको पानीमा शव फेला परेको हो । खोलामा पानीको वहाव पनि निक्कै कम रहेको छ । जिल्ला प्रहरी कार्यालय मोरङ डिएसपी मानबहादुर राई पानीमा डुबेको अबस्थामा शव फेला परेको बताए । उनले शव पानीबाट निकाल्ने काम भइरहेको समेत जनाए ।
शवको अहिलेसम्म पहिचान हुन सकेको छैन । डिएसपी राईले घटनाका बिषयमा अनुसन्धान शुरु गरेको बताउँदै अहिले नै हत्या हो वा आत्महत्या भन्न नसकिने जनाए ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

लार्ज मिडिया प्रा. लि.
विराटपथ न्यूज पोर्टल कोसी प्रदेशको मुकाम विराटनगरबाट सञ्चालित छ।  सूचना तथा प्रसारण विभाग दर्ता नं 2878/ 2078-079

टिमहरु

अध्यक्ष  : सुष्मा श्रेष्ठ
प्रधान सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल

सम्पर्क

विराटनगर महानगरपालिका – ९
शान्तिचोक
9851052811/9804005000
[email protected]