News flash

विराटपथ

सोमबार, जेठ १०, २०७८

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले कोरोना संक्रमणको जोखिम क मगर्न भन्दै फेरि निषेधाज्ञाको समयावधि थप गर्ने निर्णय गरेको छ । जोखिम न्युनिकरणका लागि मोरङ प्रशासनले जेठ १७ गतेसम्मका लागी निषेधाज्ञाको समयावधि थप गर्ने निर्णय गरेको हो ।
सोमबार बसेको जिल्ला कोरोना संक्रमण व्यवस्थापन समितिको बैठकले थप ६ दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । बैठकले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३, संक्रामक रोग ऐन २०२० को दफा २ र कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम जेठ ११ गते राती १२ बजेदेखि लागु हुने गरि जेठ १७ गतेसम्मका लागि निषेधाज्ञा जारी राख्ने निर्णय गरेको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी महेश तिम्सिनाले विराटपथलाई बताए ।
यसअघि बैशाख १८ गते रातीको १२ बजेदेखि लागु हुनेगरि ७ दिने अल्पकालिन निषेधाज्ञा जारी गरेको थियो । त्यसपछि बसेको बैठकले भने बैशाख २४ गतेदेखि लागु हुने गरि जेठ १ गतेसम्मका लागि निषेधाज्ञाको समयावधि थप गरेको थियो । त्यसपछि पुन जेठ ११ गतेसम्म निषेधाज्ञाको अवधि पुन थप गरिएको थियो ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल