News flash

विराटपथ

आइतबार, जेठ ०९, २०७८

विराटनगर । बजारमा अहिले लोकल कुखुरामा माग अत्याधिक छ । फ्रेस हाउसमा लोकल कुखुराको मासुको खपतपनि धेरै छ । कोरोना महामारीको बढ्दो प्रकोपसँगै उपभोक्ताले लोकल कुखुरा मासुको खरिद गर्ने क्रम बढेर गएको छ । तर ग्रामिण क्षेत्रमा ब्यवसायिक रुपले लोकल कुखुरा उत्पादन गर्ने किसान भने सरकारी सहयोगको अभावमा मारमा पर्दै गएका छन् ।
मोरङको बिभिन्न क्षेत्रहरुमा पछिल्लो समय लोकल कुखरा पालन गर्ने किसानको संख्या बढेर गएको छ । ती मध्ये कतै मासुका लागि, कतै अण्डाका लागि र कतै कुखुराको चल्ला मात्र उत्पादन गर्न कुखुरा पालिएका छन् । तर कुखुरापालक किसानका लागि सरकारले उचित बातावरण तयार नगरेको किसानको गुनासो छ । लाखौ रुपैया लगानी गरेर कृषि क्षेत्रमा उपलब्धि हासिल गर्न खोज्दा राज्यले नै उपयुक्त बातावरण तयार नगरेको उनीहरुको भनाई छ ।
मोरङको कटहरीमा करिब ३५ लाख रुपैया लगानी गरेर ४ बर्ष स्थापना गरिएको दाजुभाई कृषि फार्म अहिले पनि सञ्चालनमा छ । सो फार्ममा लोकल कुखुरा, टर्की, त्रित्रा, बंङगुर लगायत पशुपंक्षी पालिएका छन् । कोरोना संक्रमणको बेला पशुपंक्षीलाई दाना खुवाउन हम्मेहम्मे परेको फार्मका सञ्चालक सञ्चित कार्की बताउँछन् । त्यो बेला त दाना खुवाउन नपाएरै कति कुखुरा मरेको तितो अनुभव सुनाउँदै कार्कीले भने, ‘धेरै पटक मन्त्रालयको ढोका पुग्यौ । तर कहिले यो पुगेन, कहिले त्यो कागज पुगेन फर्काइयो । मन्त्रालयको अनुदान त पहुँच हुनेलाई मात्र रहेछ । हामी युवा स्वदेशमा नै केही गरौ भनेर पसिना बगाउँदै छौ । तर सरकारले हामीलाई उपेक्षा गर्यो ।’
दाजुभाई कृषि फार्मले मुख्य त लोकल कुखुरा र त्यसको चल्ला बिक्री गर्दै आएको छ । सो फार्मले हप्ता एक हजार चल्ला उत्पादन गरेर स्थानीय बजारमा बेच्दै आएको छ । बजारमा कुखुराको चल्लाको माग पनि अत्याधिक छ । सो फर्मका अर्का सञ्चालक सुमन न्यौपाने भन्छन्, ‘जग्गा लिजमा लिएर फर्म सञ्चालन गरेका हौ । हामीले अरु केही मागेका छैनौ । प्राविधिक सहयोग र अफ्ठयारो परेको बेला अनुदान खोजेका हौ । तर राज्यले हामीलाई केही गरेन् ।’ न्यौपानेले अनुदानका लागि आबश्यक पर्ने प्रक्रिया सहज र झन्झटमुक्त हुनुपर्ने बताए ।
प्रदेश १ को कृषि तथा सहकारी मन्त्रालय पशुपंक्षी तथा मत्स्य महाशाखा प्रमुख डा.पशुपति ढुंगाना भने यो कुरालाई स्वीकार गर्दैनन् । ढुंगानाले हरेक जिल्ला ग्रामिण कुखुरा प्रबद्र्धन कार्यक्रम लागू गरेको जनाउँदै सम्बन्धित सरोकारका कार्यालयमा सम्पर्क राखे प्राविधिक सहयोग निशुल्क हुने बताए । उनले कुखुराका चल्ला उत्पादन गर्न मात्र महाशाखाले २५ वटा ह्याच मेशिन निशुल्क बितरण गरेको समेत उल्लेख गरे । ‘मन्त्रालयले जारी गर्ने बार्षिक कार्यक्रमलाई कृषकले पनि ध्यान दिनुपर्यो । हामी ९ देखि १० लाख रुपैया सम्म अनुदान दिदै आएका छौ ।’ उनले विराटपथलाई भने, ‘प्रक्रिया केही झन्झटिला हुन सक्छन् । बास्तविक कृषकले नै अनुदान पाउन भन्ने हाम्रो उद्देश्य रहन्छ ।’ ढुंगानाले कुखुरामा समेत बिमा कार्यक्रम रहेको जानकारी दिए ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल