विराटनगर । पछिल्लो समय लागूऔषधको कारोबारमा महिलाको सक्रियता बढेर गएको छ । सीमावर्ती भारत बजारबाट लुकिछिपी प्रतिबन्धित लागूऔषध नेपाल ल्याएर बिक्री गर्नेहरु कोरोना संक्रमण कालमा समेत सक्रिय भएर लागेका छन् ।
शनिबार मोरङ प्रहरीले विराटनगर – १७ मटेरुवा चोकबाट लागूऔषध सहित एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी इटहरी – १ की रेखा न्यौपाने रहेकी छन् । शनिबार बेलुका ६ बजे इलाका प्रहरी कार्याल रानी विराटनगरको प्रहरी टोलीले उनलाई लागूऔषधसहित पक्राउ गरेको हो । प्रहरीले चेकजाँच गर्ने क्रममा उनले बनेको झोलाबाट लागूऔषध डाइलेक्स ५० बोतल, नाईट्राभेट १०० ट्याबलेट र स्पास्मो – प्रोक्सिवान ४३२ चक्की सहित नियन्त्रणमा लिएको थियो ।
पक्राउ परेकी न्यौपानेको बिषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।