News flash

विराटपथ

शनिबार, जेठ ०८, २०७८

विराटनगर । भन्सार एजेन्ट संघ रानी विराटनगरका अध्यक्ष बिजेन्द्र परासरको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । परासरको विराट मेडिकल कलेज टंकिसिनवारीमा उपचारको आज विहान ७ बजे निधन भएको हो ।
उनी मधुमेहका पुरानै विरामी थिए । ‘कोरोना संक्रमण पहिले उनलाई जण्डिस देखिएको थियो । अस्पताल गएर चेकजाँच पनि गराएका थिए ।’ परासर निकट ललित बोहराले विराटपथसँग भने, ‘पछि उनलाई कोरोनाको संक्रमण देखियो । बिस्तारै अबस्था झनै बिग्रदै गयो ।’ ५० बर्षिय परासर भन्सार एजेन्ट संघका दोश्रो  कार्यकालका लागि अध्यक्ष चुनिएका भन्सार एजेन्ट संघका केन्द्रीय सदस्य प्रविण जाशीले बताए । जोशीले उनी पूर्व क्षेत्रमा लोकप्रिय समेत रहेको उल्लेख गरे ।
चारदिन अघि उनलाई विराट मेडिकल कलेजमा भर्ना गरिएको थियो । अबस्था नाजुक भएपछि परासरलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । उनको श्रीमति, दुई छोरी र एक छोरी छन् । मारवाडी समूदायका परासरको आजै सिंघियाघाटमा अन्तिम संस्कार गरिने बोहराले जानकारी दिए ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल