News flash

विराटपथ

शनिबार, जेठ ०८, २०७८

विराटनगर । विराटनगरका गायक फुर्वा शेर्पाले एउटा अर्को रेकर्ड बनाएका छन् । गायन क्षेत्रसँगै पछिल्लो समय म्यूजिक भिडियो निर्देशक र संचारकर्ममा सक्रिय शेर्पाले आफुले बनाएको कीर्तिमानको प्रमाणपत्र विश्वको उच्च स्थानमा ग्रहण गरेर अर्को र्कीतिमान बनाएका हुन । शेर्पा विराटनगर मुनालपथका बासिन्दा हुन ।
गायक शेर्पाले गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल प्रमाण पत्रलाई हालै मात्र विश्वको सर्वोच्च शिखर सगरमाथाको बेसक्यापमा ग्रहण गरेका थिए । उनले सन् २००४ मा ‘गीत एक अक्षर’ को गीति एल्बममा समाबेश गरेको ‘मिर्मीमा’ नामक गीत वल्र्ड रेकर्डका लागि प्रक्रियामा रहेको थियो । देवनागरी लिपिमा ‘म’ अक्षरको मात्र प्रयोग गरिएको सो गीतलाई विश्वमा दुर्लभ मानिएको थियो । सो गीतलाई ढकाल भाईले रचना गरेका थिए ।
अहिले उनले गाएको त्यो गीतलाई बेलायतको वल्र्ड बुक अफ रेकर्डले समेत आफ्नो रेकर्डमा समाबेश गरेको छ ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल