प्रदेशमा संक्रमित घट्न थाले, विराटनगरमा १५३ नयाँ संक्रमित

Logo
शुक्रबार, जेठ ०७, २०७८

विराटनगर । हरेक दिन उकालो लाग्दै संक्रमणको दर बढ्दै गएको प्रदेश १ मा पछिल्लो २४ घण्टाको अवधिमा संक्रमितको संख्यामा केही कमि आएको छ । पछिल्लो २४ घण्टाको अवधिमा विराटनगर महानगरपालिका क्षेत्र भित्र पनि संक्रमितको संख्यामा कमि आएको छ । प्रदेश १ मा आज एक हजार ३९ जना मात्र नयाँ कोरोना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । त्यस्तै विराटनगर महानगरपालिकामा १५३ जना नयाँ संक्रमित थपिएका छन् ।
प्रदेश १ को मोरङमा ३३०, झापामा २४२, सुनसरीमा १७८, इलाममा ६०, ताप्लेजुङमा ५१, खोटाङमा ३२, पाँचथरमा २६, ते¥हथुममा २७, धनकुटामा १३, संखुवासभामा ९, उदयपुरमा ७, भोजपुरमा ३ र प्रदेश १ बाहिरका ६१ जनामा संक्रमण देखिएको छ । मोरङको रंगेलीमा ४२, सुन्दरहरैचामा ३७, रतुवामाईमा २२, उर्लाबारीमा १९, बेलबारीमा ११, पथरीशनिश्चरे र कानेपोखरीमा १०–१०, बुढीगंगामा ७, ग्रामथान र कटहरीमा ४–४, जहदामा ३, मिक्लाजुङ र सुनबर्षीमा २–२, धनपालथान, केराबारी, लेटाङ र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको छ ।
मन्त्रालयका अनुसार झापाको विर्तामोडमा ४४, भद्रपुरमा ४३, दमकमा ३४, अर्जुनधारा र मेचीनगरमा २५–२५, कनकाईमा १८, कमलगाउँपालिका र स्थानीय तह नखुलेका १०–१०, बुद्धशान्तिमा ९, हल्दिबारीमा ७, शिवसताक्षी र कचनकवलमा ५–५, बा¥हदशीमा ३, गौरादह र झापागाउँपालिकामा२–२, सुनसरीको धरानमा ६३, इटहरीमा ३७, देवानगञ्जमा २३, इनरुवामा १९, दुहवीमा १०, रामधुनीमा ७, बराहक्षेत्रमा ४, गढी र बर्जुमा ३–३, हरिनगर र कोशीगाउँपालिकामा २–२ र स्थानीयतहनखुलेका ५ जनामा संक्रमण देखिएको छ ।
त्यसैगरि इलामको इलामनगरपाकिलामा २१, मोइजोगमाईमा १५, रोङमा १३, सुर्योदयमा १० र स्थानीय तह नखुलेका १, ताप्लेजुङको फुङलिङमा ४३, पाथीभरा याङवरकमा७, स्थानीयतहनखुलेका १, खोटाङको दिक्तेल रुपाकोट मझुवागढीमा ३२, पाँचथरको फिदिममा २४, हिलिहाङ र स्थानीयतहनखुलेका १–१, ते¥हथुमको म्याङलुङमा २५, आठराईमा २, धनकुटाको धनकुटा नगरपालिकामा ९, शहिदभूमी, पाख्रीवास, छथर र स्थानीय तह नखुलेका १–१, संखुवासभाको चैनपुरमा७ र खाँदबारीमा २, उदयपुरको त्रियुगामा ४, उदयपुरगढीमा २ र स्थानीय तह नखुलेका १, भोजपुरको भोजपुर नगरपालिका, साल्पासिलिछो र स्थानीयतहनखुलेका १–१ र प्रदेश १ बाहिरका ६१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

 

 

तपाईको प्रतिक्रिया
हाम्रो बारे

लार्ज मिडिया प्रा. लि.
विराटपथ न्यूज पोर्टल कोसी प्रदेशको मुकाम विराटनगरबाट सञ्चालित छ।  सूचना तथा प्रसारण विभाग दर्ता नं 2878/ 2078-079

टिमहरु

अध्यक्ष  : सुष्मा श्रेष्ठ
प्रधान सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल

सम्पर्क

विराटनगर महानगरपालिका – ९
शान्तिचोक
9851052811/9804005000
[email protected]