जिस्काएको निहुँमा दाउ प्रहार गरि छिमेकीको हत्या

Logo
शुक्रबार, जेठ ०७, २०७८

विराटनगर । मोरङको सुन्दरहरैचा नगरपालिका ३ मा एक युवकले आफुलाई जिस्काएको निहुँमा दाउ छिमेकीको हत्या गरेका छन् ।
सुन्दरहरैचाको लोचनी भन्ने स्थानमा बिहिबार राति करिब ११ बजे २३ बर्षिय पुजन राईले छिमेकी ४० बर्षिय बिष्णु ऋषिदेवलाई घाँटीमा दाउ प्रहार गरि हत्या गरेका हुन । राति करिब ११ बजे ऋषिदेव सुतेकै स्थानमा अभियुक्त राईले घाँटीमा ३ पटक दाउ प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटनाबारे जानकारी पाएलगतै घटनास्थल पुगेको प्रहरी टोलीले अनुसन्धानको क्रममा छिमेकी पुजनलाई पक्राउ गरेको थियो ।
‘खासै ठूलो रिसइबी देखिदैन । मृतक ऋषिदेवले अभियुक्त राईलाई बारम्बार बिभिन्न बिषयमा जिस्काउने गरेको देखियो ।’ इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक सरोज खनालले विराटपथलाई भने, ‘पछिल्लो केही दिनदेखि अभियुक्तलाई पागल पागल भनेर जिस्काउने गरेपछि अभियुक्तले सोही रिस साँध्न घरमा भएको दाउ प्रहार गरि हत्या गरेको खुल्न आएको छ ।’ प्रहरीले घटनाको जानकारी पाएको एक घण्टा नबित्दै अभियुक्तलाई निज कै घरबाट पक्राउ गरेको थियो ।
पक्राउ परेका राईले आफुले आवेशमा आएर हत्या गरेको स्वीकार समेत गरेका छन् । प्रहरीले उनैले दिएको सूचनाका आधारमा घटनामा प्रयोग भएको दाउ राईको भान्सा कोठाबाट बरामद गरिएको छ । राईमाथि मुलुकी अपराध संहिता २०७४ को ज्यान सम्बन्धी कसूरमा कारबारी प्रक्रिया अघि बढाइएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

लार्ज मिडिया प्रा. लि.
विराटपथ न्यूज पोर्टल कोसी प्रदेशको मुकाम विराटनगरबाट सञ्चालित छ।  सूचना तथा प्रसारण विभाग दर्ता नं 2878/ 2078-079

टिमहरु

अध्यक्ष  : सुष्मा श्रेष्ठ
प्रधान सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल

सम्पर्क

विराटनगर महानगरपालिका – ९
शान्तिचोक
9851052811/9804005000
[email protected]