औषधीमा कालोबजारी, फार्मेसी सञ्चालक पक्राउ

Logo
शुक्रबार, जेठ ०७, २०७८

विराटनगर । औषधीमा फार्मेसी सञ्चालकले कसरी बद्मासी गरेर उपभोक्तालाई ठगी गर्छन भन्ने उदाहरण विराटनगरमा फेला परेको छ । मोरङ प्रहरीले विराटनगरको विराटनगर अस्पताल नजिकको एक फार्मेसीबाट एक जनालाई पक्राउ गरेपछि ठगीको रहस्य खुलेको हो ।
अस्पताल नजिकै रहेको पश्चिमबासी फार्मेसी सञ्चालन गर्दै आएका २२ बर्षिय रबिन्द्र महतोले उपभोक्तालाई ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेपछि उनको कालो कर्तुत सार्वजनिक भएको हो । सिरहाको बरयिारपट्टी गाँउपालिकाका ४५ बर्षिय रामनारायण मुखियालाई आरोपी महतोले औषधी बिक्री गर्दा ठगी गरेका थिए ।
फार्मेसी सञ्चालक महतोले पीडित मुखियालाई बैशाख २५ गतेदेखि बैशाख ३० गतेसम्म उपचारमा लाग्ने औषधी बिक्री गरेका थिए । मुखियालाई औषधी बिक्री गर्दा उनले २ वटा खाता बनाएका थिए । एउटा खातामा बिक्री गरेको औषधीको बास्तविक मूल्यको लिष्ट राखिएको थियो भने अर्को खातामा औषधीको बढी मूल्यको लिष्ट राखिएको थियो । फार्मेसी सञ्चालक महतोले औषधीको रकम तिर्नका लागि ग्राहकलाई बढी मूल्यको खाता देखाई असुल गर्ने गरेको प्रहरीको भनाई छ । प्रहरीले फार्मेसीबाट दुई वटै खाता समेत बरामद गरेको छ ।
ग्राहकलाई फर्जी औषधीको मूल्य राखेर जबरजस्ती रकम असुल्ने गरेको सूचनाका आधारमा फार्मेसी सञ्चालक महतोलाई बिहिबार साँझ औषधी पसलबाटै पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा महतोले उपभोक्तालाई ठगी गर्ने गरेका पाइएको जनाएको छ । पक्राउ परेका महतोमाथि कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ बमोजिम कारबाही प्रक्रिया अघि बढाइएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

लार्ज मिडिया प्रा. लि.
विराटपथ न्यूज पोर्टल कोसी प्रदेशको मुकाम विराटनगरबाट सञ्चालित छ।  सूचना तथा प्रसारण विभाग दर्ता नं 2878/ 2078-079

टिमहरु

अध्यक्ष  : सुष्मा श्रेष्ठ
प्रधान सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल

सम्पर्क

विराटनगर महानगरपालिका – ९
शान्तिचोक
9851052811/9804005000
[email protected]