News flash

विराटपथ

बिहिबार, जेठ ०६, २०७८

विराटनगर । कोसी अस्पताल विराटनगरले आजबाट कोरोनाको नयाँ अस्पताल सञ्चालनमा ल्याएको छ । कोसी अस्पताल परिसरमा कोरोनाको नयाँ अस्पताल सञ्चालनमा आएको अस्पताल विकास समितिको सदस्य मुकेश बुढाथोकीले विराटपथलाई बताए ।
‘आजबाट अस्पताल सञ्चालनमा आएको छ । कोरोनाबाट संक्रमित गम्भीर प्रकृतिका बिरामीलाई उपचार गर्ने लक्ष्य छ ।’ सदस्य बुढाथोकीले भने, ‘आज नै ९ जना कोरोना संक्रमित बिरामी भर्ना हुनुभएको छ ।’ सो अस्पताललाई कोभिड १९ युनिट कोसी अस्पताल नाम दिइएको छ । यस अघि नै कोसी अस्पतालले कोरोना अस्पताल सञ्चालन गर्दै आएको छ । कोसीमा उपलब्ध हुने सुविधा निशुल्क समेत रहेको बुढाथोकीले बताए ।
अस्पतालले दिएको जानकारी अनुसार सञ्चालनमा आएको सो युनिटमा कार्यालय सहयोगी १३, नर्स २१, प्यारामेडिक १८ र चिकित्सक १९ जना संलग्न छन् । ६१ शैय्याको सो अस्पतालमा ५ वटा भेन्टिलेटर, २४ शैय्या एचडीयू र ३२ शैय्या अक्सिजन सुविधा उपलब्ध रहनेछ । कोरोना संक्रमितको संख्या दैनिक बढ्दै गएपछि कोसी अस्पताल परिसरमै नयाँ कोभिड अस्पताल सञ्चालन गरेको हो ।
संक्रमितलाई राखेर उपचार गर्ने चारवटा कोठामा सिसी क्यामेरा समेत जडान गरिएको छ । मंगलबार नै अस्पताल सञ्चालनमा ल्याउने तयारी गरिएपनि अक्सिजनको पाइप जडान, शौचालय लगायतका आवश्यक संरचनाको काम नसकिएकाले दुई दिन पछि अस्पताल सञ्चालनमा आएको हो । विराटनगरका नीजि अस्पतालसहित विराटनगर–१० मा रहेको कोसीको कोभिड–१९ उपचार केन्द्रमा कोरोना कडा लक्षणसहितका संक्रमितले शैय्या भरिदैं गएका छन् ।
रेम्डिसिभिर सहजै पाइने
कोसी अस्पतालमा रेम्डिसिभिर सहजै पाउन सकिने भएको छ । सरकारले उपलब्ध गराएको कोटा अनुसार अस्पतालले आबश्यकता हेरेर रेम्डिसिभिरको बिक्री गर्दै आएको छ । कोरोना संक्रमित बिरामीलाई प्रयोग गरिने रेम्डिसिभिरको माग बढेपछि बजारमा सो औषधिको कालो बजारी हुँदै आएको थियो ।
अस्पताल विकास समितिका सदस्य बुढाथोकीका अनुसार कोरोना बिरामीका लागि आबश्यक प्रक्रिया पुरा गरेपछि सरकारले तोकेकै मूल्यमा कोसी अस्पतालबाट रेम्डिसिभिर पाउन सकिने बताए । रेम्डिसिभिर कोसीको फार्मेसीबाट उपलब्ध हुँदै आएको छ । ‘सम्बन्धित चिकित्सकको सिफारिस चाहियो । बिरामीको नागरिकताको फोटोकपि पनि चाहियो ।’ बुढाथोकीले भने, ‘यो औषधि लिन भने ५ हजार १०० रुपैया तिर्नुपर्छ ।’

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल