News flash

विराटपथ

बिहिबार, जेठ ०६, २०७८

विराटनगर । कोरोना संक्रमणबाट आम नागरिक प्रताडित भइरहेको बेला नेपाली काँग्रेसले तत्काल सबैलाई खोप लगाउन सुनिश्चित गरिनुपर्ने माग गर्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण गरेको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज सिंहदरबारमा भेटेर १५ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै कोरोना संक्रमणबाट जनतालाई सुरक्षित राख्न तत्काल सबैलाई खोप लगाउने सुनिश्चित गर्न माग गरेको हो ।
सभापति देउवाले प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराउँदै कोरोनाको तेस्रो लहर आएकोले त्यसबाट सुरक्षित राख्न तत्काल खोपको प्रबन्ध गर्नुपर्ने माग छ । त्यसका लागि तत्काल कुटनैतिक पहल थालिनुपर्ने काँग्रेसको माग छ । नेपाली काँग्रेसले खोप आपूर्ति गर्ने ब्यवस्था विचौलिया रहित र परदर्शी ढंगबाट हुनुपर्ने जनाएको छ ।
यसैगरि खोप लगायत स्वास्थ्य सामाग्री खरिदमा देखिएका अनियमितता छानविन गर्न पनि देउवाले माग गरेका छन् । अस्पतालहरूमा बेडदेखि अक्सिजन अभाव, आइसियु, भेन्टिलेटर सहितको अस्पताल र आबश्यक स्वास्थ्यकर्मीको अभाव तत्काल पूर्ति गर्न कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ । नाकाहरूमा पिसिआरको अनिवार्य व्यवस्था गर्न, निम्न आय भएकाहरूलाई राहत उपलब्ध, अत्याधिक मंहगो उपचार प्रणालीलाई नियमन र सहुलियत तवरले गर्न र निम्न आय भएकालाई निशुल्क उपचारको प्रबन्ध गर्न सरकारसँग माग गरिएको छ । त्यस्तै जिल्लाका हरेक अस्पतालमा न्यूनतम सुविधायुक्त स्वास्थ्य पूर्वाधारको ब्यवस्था गर्न समेत काँग्रेसले माग गरेको छ ।
सरकारलाई ध्यानाकर्षण गराउन सभापति देउवा, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महत, नेता रामशरण महत, कृष्णप्रसाद सिटौलालगायत सिंहदरबार पुगेका थिए ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल