News flash

विराटपथ

बुधबार, चैत्र ०५, २०७६

विराटनगर । कोरोना भाइरस कोभिड – १९ को प्रकोप नियन्त्रण र रोकथामका लागि प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले मातहतका प्रमुख जिल्ला अधिकारी(सिडियो)लाई निर्देशन दिएका छन् । मन्त्री कार्कीले बुधबार भिडियो कन्फ्रेन्समार्फत मातहतका सिडिओहरुलाई निर्देशन दिएका हुन ।
कोरोनाको रोकथाम, प्रतिरक्षा र उपचार सम्बन्धी कार्ययोजनाको बिषयमा मन्त्री कार्कीले जिल्ला प्रशासन कार्यालयका सिडियोहरुलाई निर्देशन दिएका हुन । मन्त्रालयमा आयोजित कार्यक्रममा उनले प्रदेश १ अन्तरगतका सिडियोहरुलाई निर्देशन दिदै कोरोनाको प्रकोपबाट बच्न र संभावित उपायका बिषयमा सर्तक रहन निर्देशन दिए । मन्त्री कार्कीले मन्त्रालयको पहलमा मंगलबार बसेको सुरक्षा समन्वय बैठकको निर्णय कार्यान्वयन गर्न आग्रह गरे ।  सो कार्यक्रममा प्रदेशका सुरक्षा निकायको समेत उपस्थिति रहेको थियो ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल