News flash

विराटपथ

बुधबार, जेठ ०५, २०७८

विराटनगर । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले बुधवार स्थानीय तहका प्रमुख तथा उपप्रमुख, प्रमुख जिल्ला अधिकारी र स्वास्थ्य कार्यालयका प्रमुखहरुसँग भर्चुअल बैठक गरिन् । प्रदेश १ का सम्बन्धित सरोकारवालालाई मन्त्री राईले कोरोना संक्रमण नियन्त्रणमा खटिनेहरुलाई धन्यवाद पनि दिइन् । उनले प्रदेशका बिभिन्न जिल्लाहरुबाट एन्टिजेन, अक्सिजन र स्वास्थ्य सामाग्रीको माग रहेको तथ्य पनि सार्वजनिक गरिन् ।
तर उनले कोरोना संक्रमण र नियन्त्रणमा मन्त्रालयले गरिरहेको र गर्न लागेको कार्ययोजनाको ठोस खाका भने उल्लेख नै गर्न सकिनन् । प्रदेश १ का जिल्लाहरुका निषेधाज्ञा छ । मानिसहरु आउजाउ गर्न कठिन छ । हरेक दिन संक्रमितको संख्या बढ्दो छ । बुधबार मात्र प्रदेश १ मा २१ जना संक्रमितले ज्यान गुमाए । दैनिक मृतकको संख्या पनि बढ्दो छ । यसबारेमा कुनै प्रष्ट धारणा सार्वजनिक नगरेकी मन्त्रीले स्वास्थ्य कार्यालयहरुलाई कोरोना संक्रमण नियन्त्रणका लागि ५–५ लाखका दरले सवै जिल्लाहरुमा रकम पठाईने तयारी भईरहेको उल्लेख गरिन् ।
मन्त्री राईले प्रतिकुलतालाई अनुकुलतामा बदल्न आवश्यक रहेको बताउँदै गर्दा कोरोना संक्रमणको समयमा जिल्ला स्तरमा रहेका अस्पताललाई क्षमता विकास गरेर अघि बढ्न सुझाव दिइन् । तर उनले जिल्ला जिल्लाका अस्पतालहरुमा माग भइरहेको एन्टिजेन, अक्सिजन र स्वास्थ्य सामाग्रीका आबश्यक्ताका आधारमा मन्त्रालयले चाडै पठाउने आश्वासन दिइन् । उनले ती सामाग्रीहरु कहिले पठाउने तोकेरै मिति भन्न सकिनन् ।
बरु उनले भर्चुअल बैठकमा कोरोना संक्रमण सकिएपछि जिल्ला स्तरमा रहेका अस्पतालहरुले स्थानीय नागरिकलाई सेवा दिन सक्ने क्षमताको बनाउनुपर्ने जोड दिइन् । उनले भनिन्, ‘ जिल्लाका नागरिकले सामान्य उपचारका लागि पनि काठमाण्डौं, विराटनगर धाउनु नपरोस् ।’

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल