News flash

विराटपथ

बुधबार, जेठ ०५, २०७८

विराटनगर । प्रदेश १ का बिभिन्न जिल्लामा निषेधज्ञा कायमै छ । अति आबश्यक कामदेखि बाहेक मानिसको आउजाउ समेत छैन । प्रहरी प्रशासनले दिनदिनै कडाई गरेको छ । तर कोरोना संक्रमणको दर भने हरेक दिन बढ्दो छ । संक्रमण मुक्त हुनेको संख्या भने निक्कै कम रहेको छ ।
बुधवार प्रदेश १ मा एकहजार २९८ जनामा कोरोना संक्रमण देखिएको छ । यो संख्या दैनिक संक्रमण संख्याको अहिले सम्मको उच्च रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यो संख्यासँगै प्रदेशमा संक्रिय संक्रमितको १५ हजार ५९० पुगेका छन् । हालसम्म प्रदेश १ मा ४७ हजार ८६८ जनालाई कोरोना संक्रमण भइसकेको छ । हालसम्म संक्रमित भएका मध्ये ३१ हजार ५७३ संक्रमणमुक्त भएका छन् । बुधबार २२४ जनाले मात्र कोरोनालाई जितेका छन् ।
पछिल्लो २४ घण्टामा मोरङमा ४८१, झापामा ३३८, सुनसरीमा १६९, धनकुटामा ८७, ताप्लेजुङमा ८३, खोटाङमा २९, पाँचथरमा १६, संखुवासभामा १४, इलाममा १२, भोजपुरमा७, उदयपुरमा ४, ओखलढुङ्गा र ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका ५६ जनामा संक्रमण देखिएको छ ।
जसमध्ये मोरङको विराटनगरमा १६४ महिला र १९१ पुरुष सहित ३५५, सुन्दरहरैचामा ४१, पथरीशनिश्चरेमा ३०, बुढीगंगामा १३, उर्लाबारीमा ११, कटहरीमा ६, लेटाङ र बेलबारीमा ५,सुनबर्षी, धनपालथान र मिक्लाजुङमा ३–३, ग्रामथान, जहदा, रंगेली र केराबारीमा१–१ र स्थानीयतहनखुलेका २ मा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल