

विराटनगर । मोरङको रंगेली नगरपालिका ३ को तिलुवा चोकको नहरमा घाँटी रेटेर मृत्य अबस्थामा फेला परेकी अनिता यादवको हत्या उनकै देवरले गरेको खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बुधबार विहान साढे ७ बजे घाँटी रेटेर हत्या गरेको अबस्थामा अनिताको शव फेला परेको थियो । प्रहरीले अनिताको हत्या गरेको आरोपमा उनकै देवर बर्षिय बिनोद यादवलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार मृतक अनिता र देवर बिनोदबीचमा मंगलबार साँझ विवाद भएको थियो । सोही रिसिईबीका कारण बिनोदले भाउजुको हत्या गरेका थिए ।
अनिताको घाँटीमा काटिएको पाएसँंगै जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मन्जिल मुकारुङको नेतृत्वमा अनुसन्धान टोली परिचालन भएको थियो । घटनामा मृतक कै देवर बिनोदको संग्लग्नता रहेको पाएपछि निजलाई पक्राउ गरिएको प्रहरीको भनाई छ ।
भाउजुसँगको रिस पोख्न बिनोदले मंगलबार राती ८ बजे दाउले घाँटीमा प्रहार गरी भाउजुको हत्या गरेका थिए । पक्राउ परेका यादवको सम्बन्धमा ईलाका प्रहरी कार्यालय रंगेलीले थप अनुसन्धान गरिरहेको छ ।