प्रत्येक घरमा संक्रमण देखिएपछि इनरुवाको वडा नम्बर २ सिल गरियो

Logo
बुधबार, जेठ ०५, २०७८

इनरुवा । जिल्ला प्रशासन कार्यालय सुनसरीले इनरुवाको वडा नम्बर २ लाई सिल गर्न स्थानीय तहलाई आग्रह गरेको छ । प्रशासन कार्यालयले सूचना जारी गर्दै इनरुवा नगरपालिका साविकको वडा नम्बर ८ लाई सिल गर्न स्थानीय तहलाई भनेको छ ।
बुधबार जारी गरिएको सूचनामा सो वडामा मंगलबार ३५ बर्षिय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको जनाइएको छ । उक्त क्षेत्रका लगभग प्रत्येक घरमा संक्रमित पाइएकाले उक्त क्षेत्र कोरोना संक्रमणको जोखिम रहेकाले सिल गरि दिन सिफारिस भई आएका कारण सिल गर्नुपर्ने भएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।
प्रशासन कार्यालयले स्थानीय स्तरको जोखिम हेरेर चार क्षेत्र उल्लेख गरि नेपाल प्रहरीको सहयोग लिएर सिल गर्न स्थानीय तहलाई भनेको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

लार्ज मिडिया प्रा. लि.
विराटपथ न्यूज पोर्टल कोसी प्रदेशको मुकाम विराटनगरबाट सञ्चालित छ।  सूचना तथा प्रसारण विभाग दर्ता नं 2878/ 2078-079

टिमहरु

अध्यक्ष  : सुष्मा श्रेष्ठ
प्रधान सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल

सम्पर्क

विराटनगर महानगरपालिका – ९
शान्तिचोक
9851052811/9804005000
[email protected]