News flash

विराटपथ

बुधबार, जेठ ०५, २०७८

विराटनगर । मोरङको रंगेली नगरपालिकामा भएको हत्या प्रकरणमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । बुधबार रंगेली नगरपालिका–३ को नहरखण्डमा हत्या गरी फालिएको अवस्थामा २४ वर्षीय महिलाको शव फेला परेको थियो । प्रहरीका अनुसार घाँटी रेटिएर फालिएको अबस्थामा २४ बर्षिया अनिता यादवको शव फेला परेको थियो ।
जिल्ला प्रहरी कार्यालय मोरङ श्रोतका अनुसार घटनामा संलग्न भएको आरोपमा मृतकका पति, सासु, ससुरा र देवरलाई पक्राउ गरिएको छ । उनीहरु माथि अनुसन्धान थालिएको प्रहरीको भनाई छ ।
रंगेलीको रन्जनीमा घर भएकी २४ बर्षिया यादवको घाँटी रेटेर हत्या गरिएको अबस्थामा रंगेली ३ मा पर्ने तिलुवा चोकस्थित नहरमा शव फेला परेको थियो । मृतकको घर घटनास्थल भन्दा करिब करिब दुई किलोमिटर टाढा मात्रै छ । यादवको शव उत्तानो परेको अबस्थामा फेला परेको थियो ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल