News flash

विराटपथ

बुधबार, जेठ ०५, २०७८

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिकाको एक बस्तीका सबै बासिन्दामा कोरोना संक्रमण पुष्टि भएको छ । बस्तीका बासिन्दाहरु बिरामी भएपछि उनीहरुमा कोरोना संक्रमण देखिएको हो ।
इटहरी ३ को सुनौलो टोलमा बसोबास गर्दै आएकाहरु बिरामी भएकाहरुमा कोरोना परिक्षण गर्दा उनीहरुमा संक्रमण देखिएको इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले जानकारी दिइन् । गौतमसहित स्वास्थ्यकर्मीको समूहले टोल मै गएर एन्टिजिन परिक्षण गर्दा कोरोना संक्रमण देखिएको थियो ।
समुदायमा गएर ९ जनाको एन्टिजिन बिधिबाट परिक्षण गर्दा ७ जनाको रिपोर्ट पोजेटिभ आएको हो । गाँउमा कोरोना संक्रमण रहेको पुष्टि भए पछि सुनौलो टोल सिल गरिएको छ । त्यहाँ एउटै टोलका २५ जना बिरामी परेका थिए । ७ घर का २५ जनामा ज्वरो, खोकी, पखाला लागेर बिरामी भएका र त्यसमा ९ जनामा परिक्षण गर्दा ७ जनामा संक्रमण देखिएको हो ।

 

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल