विराटनगर । मोरङको रंगेली नगरपालिका ३ मा एक युवतीको घाँटी रेटेर हत्या गरिएको छ । रंगेलीको रन्जनीमा घर भएकी २४ बर्षिया अनिता यादवको घाँटी रेटेर हत्या गरिएको हो ।
रंगेली ३ मा पर्ने तिलुवा चोकस्थित नहरमा यादवको शव फेला परेको थियो । मृतक युवतीको शव उत्तानो अबस्थमा रहेको थियो । जिल्ला प्रहरी कार्यालय मोरङका एसपी सन्तोष खड्काले घटनाको पुष्टि गर्दै जिल्ला र इलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरी टोली परिचालन भएको बताए ।
‘घटना बारे प्रहरीले अनुसन्धान शुरु गरिसकेको छ । हामीले जिल्लाबाट पनि प्रहरी टोली परिचालन गरिसकेका छौ ।’ एसपी खड्काले विराटपथसँग भने, ‘बिस्तृत अनुसन्धान पश्चात अन्य कुरा बताउन सकिएला, अहिले प्रारम्भिक अनुसन्धान शुरु छ ।’
खड्काका अनुसार डिएसपी मन्जिल मुकारुङको नेतृत्वमा अनुसन्धान टोली परिचालन गरिएको छ ।