विराटनगर । झापामा जंगली हात्तीले १ जनाको ज्यान लिएको छ । जंगली हात्तीको आक्रमण परि मेचीनगर नगरपालिका ९ का ४५ बर्षिय श्याम राईको मृत्यु भएको हो ।
सोमबार राती करिब साढे १२ बजे जंगलबाट गाँउ पसेको हात्तीलाई धपाउने क्रममा राईलाई हात्तीले आक्रमण गरेको थियो । स्थानीय मागुरमाणि सामुदायिक वनबाट एउटा जंगली हात्ती गाँउ पसेको थियो । जंगली हात्ती आई गाँउ पसेकोले खेदाउने क्रममा राईलाई हात्तीले आक्रमण गरी घाईते बनाएको थियो ।
घाईते राईको मेची अस्पताल भद्रपुरमा उपचारको क्रममा सोही राती सवा २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हात्तीलाई प्रहरी र स्थानियबासीको सहयोगमा जंगलतर्फ लखेटिएको छ ।