News flash

विराटपथ

मंगलबार, जेठ ०४, २०७८

विराटनगर । घर–घरमा अक्सिजन पुर्याउँछन् । संक्रमण भएकालाई औषधि लग्छन् । जनताका लागि आफ्नै प्रयासमा ५० बेडको स्वास्थ्य केन्द्र तयार गर्छन् । आफुले चढेको गाडी जनताका लागि अस्पताल पुर्याउन/ल्याउन दिन्छन् । अरुलाई पनि यस्ता कामका लागि प्रेरित गर्छन् ।
सबै घरमा सुरक्षित रहेको बेला संक्रमण हुने, मृत्यु भएकाको घरमा पुग्छन् । निजी क्षेत्र, प्रदेश र संघीय सरकारलाई घचघच्याउँछन् । दैनिक २४ घण्टामा २० घण्टा जनताकै सेवाका लागि खट्छन् ।
र, पनि उनको आलोचना हुन्छ । हो, विराटनगरका मेयर भीम पराजुली सम्भवतः स्थानिय तहमा सर्वाधिक काम गर्ने जनप्रतिनिधिमा पर्छन् । तर, उनको खेदो खन्ने काम भइरहेको छ । महानगरपालिकामा उपमेयर इन्दिरा कार्की मात्र होइन आफ्नै पार्टीका केही गुटगत राजनीति गर्नेहरू, भावी मेयरको ख्वाव देख्नेहरू यतिबेला मेयर पराजुलीविरुद्ध लागेका छन् । मेयरले केही गरेनन् भन्ने आलोचना गरिरहेका छन् ।
विगतमा मेयरबाट लाभ लिन नसकेका, रिस गर्नेहरू यतिबेला हात धोएर विरोधमा लागेका छन् र, मेयरबाट भइरहेका सकारात्मक कामको विरोध गरिरहेका छन् ।
मेयर पराजुलीले काम गर्दा पनि योजनावद्ध/नियोजित तरिकाले आलोचना भएपछि सोसल मिडियामा निकै मार्मिक स्टाट्स लेखेका छन् । यो स्टाट्स भाइरल बनेको छ ।
‘मलाई अचम्म लागेको छ र, यस्तो नकरात्मक सोचप्रति दुःख पनि’ मेयर पराजुलीले भनेका छन्, ‘हुँदाहुँदै बिरोधको पराकाष्ठा मान्छे मर्न आटेको बेला अक्सिजन पुर्याई दियो भन्ने सस्तो प्रचार गर्यो भन्छन्, बिरामीले अस्पताल जान एम्बुलेन्स पाएनन भनेर आफु चढ्ने गाडी दियो प्रचार गर्यो भन्छन, घरमा मरेको मानिसको सब ब्यवस्थापन गर्न धेरै समय कुर्नु पर्यो गाह्रो भयो भनेर केहि म लगायतका साथीहरू मिलेर आफ्नो खर्चमा सब बाहनको ब्यवस्थापन गर्यो, प्रचार गर्यो भन्छन ।’
कोभिडको दोस्रो भेरियण्ट सुरु भएपछि मेयर पराजुली दैनिक २० घण्टा खटिरहेका छन् ।
‘काग कराउँदै गर्छ पिना सुक्दै गर्छ’ विद्यार्थी नेता योगराज दाहालले भने, मेयरले धैर्यताका साथ आफ्नो कार्य गरेका छन्, यहाँ काम नगरेर आलोचना गर्नेहरू हिरो हुन खोज्छन्, मेयरले जस्तै अरुले पनि काम गर्ने हो भने पक्कै पनि संक्रमण नियन्त्रणमा ल्याउन धेरै समय लाग्दैन ।’
मेयर पराजुलीले मार्मिक ढंगले लेखेका छन् –केहि नलागेर बदनाम गराउन समाजमा नबिकेका मानिसलाई सीमित स्वार्थको लागि प्रयोग गरेर कोभिडको खोप मारवाडी धनाढ्य परिवारमा लगाएको भनेर दुस्प्रचार गर्दा त मलाई निकृष्ट सोचप्रति दया लागेको छ, आफु घरबाट कोरोनाको डरले ननिस्कने, आफ्नो मान्छे नै बिरामी हुँदा/मर्दा बाहिर ननिस्किने मानिस कुप्रचारमा लागेको देख्दा दया लागेर आएको छ ।’
मेयर पराजुलीको कामप्रति विपक्षी राजनीति गर्दै आएका मुकेश बुढाथोकी, कपिल सुनार, नमिता न्यौपाने, मणि दाहाललगायत धेरैले उच्च प्रशंसा गरेका छन् ।
त्यति मात्र होइन, समूदाय स्तरमा स्थापना भएका सामाजिक संस्थाले समेत मेयर पराजुलीको सक्रियताको खुलेर प्रंशसा गरेका छन् । विराटनगरको तीनटोलिया समाज सेवा समितिका अध्यक्ष डिजेन्द्र राउतले सामाजिक सञ्जालको माध्यमबाट मेयरले गरेको कार्यलाई मुक्क्त कण्ठले आभार ब्यक्त गरे । तीनटोलियाको एक घरका बयोबृद्ध दम्पत्तिलाई कोरोना संक्रमणले ग्रस्त्र बनाएपछि मेयर पराजुलीको सक्रियतामा घर मै आएर अक्सिजन सिलिन्डरको सेवा प्रदान गरेकोमा राउत फेसबुकमा लाइभ गर्दै खुशी प्रकट गरे ।
‘कुनै विद्धानले भनेका छन्, यदि तिमी काम नगरेर बस्यो भने कसैले केही भन्दैन तर, समाज र देशका लागि केही गर्छु भनेर अग्रपंक्तिमा आउँछौ भने आलोचना हुन्छ, हो मैले यहि ब्रम्हबाक्यलाई सिरोधार्य गरेको छु’ मेयर पराजुलीले भने, ‘हरेक कुरामा आलोचना मात्र देख्नेहरू विस्तारै कमजोर हुनेछन्, उनीहरू समाजका अगाडि नाङ्गिने छन् ।’

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल