News flash

विराटपथ

शुक्रबार, बैशाख ३१, २०७८

विराटनगर । स्वतन्त्रता सेनानी रमाप्रसाद रिजालको कोरोना संक्रमणबाट निधन भएको छ । ९३ बर्षिय रिजाल केही दिन अघिबाट कोरोना संक्रमित थिए । २०४६ सालमा नेपाली काँगेस र संयुक्त बाम गठबन्धनले गरेको जनआन्दोलनमा उनले संयोजनको जिम्मेवारी सम्हालेका थिए ।
विराटनगर ३ बरगाछी घर भएका रिजाल ईलेक्ट्रिकल ईन्जिनियर समेत हुन । प्राज्ञ दधिराज सुबेदीका अनुसार २०४६ सालको जनआन्दोलनमा विराटनगरका प्राय सबै नेता जेल परेपछि आन्दोलनको नेतृत्व गर्ने जिम्मा रिजालले पाएका थिए । ‘वहाँ काँग्रेसको प्रतिबद्ध र बफादार कार्यकर्ता हुनुहुन्थ्यो ।’ सुबेदीले विराटपथसँग भने, ‘तर वहाँले कहिल्यै पदमा आशक्ति देखाउनु भएन । वहाँ खरो मिजासको हुनुहुन्थ्यो ।’
ईलेक्ट्रिकल ईन्जिनियर भएका कारण रिजालले राणा सरकारलाई आफुले धरानमा बिद्युत उत्पादन गर्ने प्रस्ताव गरेका थिए । उनले राणा सरकारलाई आफुले बिद्युत उत्पादन गर्ने र करिब १ २ बर्ष बिद्युत महसुल बापतको रकम आफै लिन प्रस्ताव गरेका थिए । तर राणा सरकारले ६ महिना सम्मको मात्र बिद्युत महसुल उठाउन दिने भनेपछि उनीले आफ्नो प्रस्ताव फिर्ता लिएका थिए ।
प्राज्ञ सुबेदीका अनुसार बिद्युत उत्पादनको योजना सफल नभएपछि उनले कृषि पेशामा संलग्न भएका थिए । त्यसपछि भने उनी राजनीतिमा होमिएको सुबेदीले बताए । उनको साहित्य क्षेत्रमा समेत उत्तिकै लागव रहेको थियो । उनका ३ वटा कविता संग्रह प्रकाशित छन् ।
रिजालको शुक्रबार नै विराटनगरको परोपकारघाटमा अन्तिम संस्कार गरिएको छ । अन्तिम संस्कार कार्यमा नेपाली काँग्रेस नेता तथा परिवारका सदस्यको उपस्थिति रहेको थियो । रिजालका ७ जना छोरा छन् ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल