News flash

विराटपथ

बुधबार, चैत्र ०५, २०७६

विराटनगर । विराटनगर महानगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुन नगरक्षेत्रका बेरोजगारलाई आब्हान गरेको छ । महानगरले बुधबार एक सूचना जारी गर्दै आगामी आर्थिक बर्ष २०७७÷०७८ मा सहभागी बन्न सूचना जारी गरेको हो । प्रधानमन्त्री रोजगार कार्यक्रम निर्देशिका अनुसार रोजगार समन्वय केन्द्रको संयोजनमा हुने सो कार्यक्रममा सम्बन्धित वडा कार्यालयमा सूचीकृत हुन सार्वजनिक सूचना जारी गरेको छ ।
सो कार्यक्रम अन्तरगत बरोजगारले सार्वजनिक विकास निर्माणको कार्यमा सहभागी भई सय दिन बराबरको न्यूनतम रोजगारी प्राप्त गर्नेछन् । सूचीकृत हुन चैत्र मसान्त सम्मको अवधि राखिएको छ । यसरी यो कार्यक्रममा सहभागी हुन चाहनेले फोटो, नागरिकताको फोटोकपी, परिवारका सदस्यको नागरिकताको फोटोकपी वा जन्मदर्ता आबश्यक रहेको महानगरले जनाएको छ ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल